"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
==पारिवारिक पृष्ठभूमि==
[[डडेल्धुरा जिल्ला]]को पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर [[देउवा]]को परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिन्दछन | यस कुलको इतिहास अनुसार बैतडी चन्द, डोटी पचनाली , लुलानी मल्ल , डोटी बोगटानी बम र ठकुरी बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्धगर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारकोरुपमा ऐतिहासिककालदेखि चिनिदै आएको परिवार हो | डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र " यिनैको अधिनमा थियो | चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र [[अशिग्राम केदार]] हो | जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका ठकुरी देउवाहरु यसै कुलका पूर्वजहरु थिए | यस कुलका कुसलसिंह देउवा [[रजवार]]का दुई पुत्र जेठा गोमन सिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् | जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदै सिंह देउवा रजवार भए उदै सिंह देउवा रजवारका एक पुत्र प्रसाद सिंह देउवा रजवार हुन् | प्रशाद सिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेर बहादुर देउवा , लोक बहादुर देउवा , गणेश बहादुर देउवा , प्रेम बहादुर देउवा , ललित बहादुर देउवा र बल बहादुर देउवाको जन्म भयो | यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेर बहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्नपुगे शेर बहादुर देउवाका एक पुत्र जय बिर देउवा छन् | शेर बहादुरका भतिजा शिव बहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् | माईला लोक बहादुर देउवाका पुत्र भान बहादुर देउवा (भानु देउवा) शेर बहादुर देउवाका पिए (स्वकीय) सचिब छन् | निडर ,निस्कपटी भावना भएका शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, [[बिरगाथावीरगाथा]] ,[[चैत]] ,[[धमारी]]मा समेटिएको देउवाकुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन | यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु ,पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या( कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् | कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् | पाल, चन्द, शाही, बमसंग बैबाहिक सम्बन्ध गर्छन | त्यहाँ चन्द थर लेख्छन | आफु डोटीबाट गएको ठकुरी देउवा बताउछन | नेपालमा आफ्नो कुलको व्यक्ति शेर बहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन |
 
==युवावस्था==