"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर

/* चाका केदार स्थलगत अध्ययन ,अनुसन्धान ,सम्बन्धित स्थानका व्यक्ति र जानकारहरुबाट लिएको जानकारी...
पङ्क्ति १:
==चाका केदार <ref name=" लाल बहादुर बम ठकुरी "> स्थलगत अध्ययन ,अनुसन्धान ,सम्बन्धित स्थानका व्यक्ति र जानकारहरुबाट लिएको जानकारी अनुसार संकलन | </ref>==
चाकाकेदारको मुख्य स्थान भनेको तेलेको लेकमा रहेको उदैनी भन्ने स्थान हो । यसको क्षेत्र भनेको तेलेको लेकको हलोगडेबाट तल गाडको दोमोहानसम्मको क्षेत्र हो । यस उदैनी स्थलमा खापरे गणले प्रवेश गरेर लथालिङ्ग र भताभूङ्ग गरी अशुद्ध गरिदिएका कारण चाकाकेदारको जाँत हाल उदैनीमा नभएर गडसेरा गाउँ विकास समितिको वार्ड न.–३, देउवान क्षेत्रमा रहेको कुनेगडा गाउँ देखिमाथिको अग्लो डाँडाको टाकुरामा हुन्छ । यस स्थानमा केदारको स्थापना गरिएको छ । यसलाई चाकाकेदार भनिन्छ र यहाँ हुने जाँतलाई चाकाकेदारई जाँत भन्ने गरिन्छ । चाकाकेदारको जाँत पनि कार्तिक शुक्ल त्रयोदशीमा जांत र चर्तुदशीका दिन पूजा हुन्छ । यो जाँतको महत्वपनि कम छैन । ठूलाकेदार सरह यसलाई पनि लिने गरिन्छ । यस स्थानका पहिलेका पूजारी भारद्वाज गोत्रका निरोला भंडारी÷भट्टका पूर्खा थिए । पछिका दिनमा अत्रि गोत्रका ओझा ब्राह्मण भएकाहुन । अत्रि गोत्रीय ओझाको इतिहास अनुसार यिनका पूर्खा गुजरातबाट दिल्लीहुँदै उत्तराखण्ड कुमाऊँ हुँदै डडेल्धुरा आए । त्यहाँबाट बुँडरभएर गडसेरा, डिग्देनाहुँदै धौलाकाँडा, मौवा, सिमली तर्फ फैलिएका हुँन । वर्तमानमा यहाँका पूजारी अत्रि गोत्रका ओझा ब्राह्मण छन् । भने यहाँ ठकुरी जातिमा देउवा थरका ठकुरीहरुको वोलवाला चल्दछ । यो जाँतमा कुमाऊँ कत्यूरबाट आएका भनिएका वोहरा, सेटी, ..........हरु सहितका व्यक्तिहरुको संयुक्त उपस्थिति भई केदार देवता मान्ने गर्दछन् । यस केदारमा रहेका देवताका दल बल यसप्रकार रहेका छन् ।
*केदार,
*गडतोलो,
*गगरी,
*अलडो,
*निमाउने,
*मसानी,
*मेलघट्टी,
*मष्टो,
*मचवाल, असीऊ (केदारकी सहिनी), अन्नाडी, परणे आदि । यस स्थानबाट उत्तर क्षेत्रमा तेलेको लेक भनेर परिचित अग्लो र धेरै लामो लेकको धुरा क्षेत्र पर्दछ । यो लेकमा हिमपात पर्ने गर्दछ । यस लेकमा घनाजंगल भएका कारण बाघ, भालु सहितका डरलाग्ने जनावरहरु बास गर्दछन् । यो क्षेत्रबाट मानिसहरुको आवत जावत कम हुने गर्दछ । डोटीको सिलगडी जानेहरु यसै बाटो भएर ३÷४ घण्टा लाग्ने यो तेलेको लेकको बाटो पारगरी डोटी सदरमुकाम तर्फ जान्छन् । चाकाकेदारको निमाउने देवता बाहिरबाट आएर मिसिएको देवता हो ।
*असीऊ (केदारकी सहिनी),
*अन्नाडी,
*परणे आदि । यस स्थानबाट उत्तर क्षेत्रमा तेलेको लेक भनेर परिचित अग्लो र धेरै लामो लेकको धुरा क्षेत्र पर्दछ । यो लेकमा हिमपात पर्ने गर्दछ । यस लेकमा घनाजंगल भएका कारण बाघ, भालु सहितका डरलाग्ने जनावरहरु बास गर्दछन् । यो क्षेत्रबाट मानिसहरुको आवत जावत कम हुने गर्दछ । डोटीको सिलगडी जानेहरु यसै बाटो भएर ३÷४ घण्टा लाग्ने यो तेलेको लेकको बाटो पारगरी डोटी सदरमुकाम तर्फ जान्छन् । चाकाकेदारको निमाउने देवता बाहिरबाट आएर मिसिएको देवता हो ।
 
==उदैनीपुरी (उदम्पुरी÷उदैनी) को अचल अवस्था==
"https://ne.wikipedia.org/wiki/चाकाकेदार" बाट अनुप्रेषित