"इन्द्रबहादुर राई" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ११:
==तेस्रो आयाम==
तेस्रो आयामको एक अभियन्ताका रूपमा स्थापित राईअनुसार आयामको प्रारम्भ सन् १९६३ मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा वैरागी काइँलाको, इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनालाई भेट गराइदिनुभए पछि भएको हो। तीनमध्ये जेठो राई त्यस बखत ३०/
तेस्रो आयामले एक किसिमको चर्चा पाइसकेपछि त्यो त्यतिकै छोडिएजस्तो भयो। उता इन्द्रबहादुर राईले यसैबीचमा लीलालेखनलाई चर्चामा ल्याउनुभयो। उनी नै मुख्य हुनुभएको र उनले नै बेवास्ता गरेर तेस्रो आयाम धरापमा परेको त होइन भन्ने जिज्ञासामा उहाको भनाई अलि बेग्लै छ, "तेस्रो आयाम र लीलालेखन दुई भिन्न थोक होइनन्, एउटालाई लिएपछि अर्को छाडिने। तेस्रो आयामबाटै लीलालेखन बढेको हो तर भिन्न नै छैन पनि भन सकिँदैन। केही आ-आफ्नो विशेषता छन् र धेरै मार्गहरूबाट छानेर एउटा मार्ग हिँड्नुपर्छ। अहिले पछिल्लो नै लेख्नमा लागेका छौँ। यसरी लाग्नेहरूमा दुईचार नाम उल्लेख नगर्दा साहित्यिक समलोचनामा केही भूल हुनजान्छ। लीलालेखनमा साथ दिनेहरूमा [[कृष्ण धरावासी]], रत्नमणि नेपाल, कृष्ण बराल, विनय रावल, सुन्दर मानन्धर, कुमार भट्टराई छन्। उहाँहरूले लीलाबोधका उपन्यास, कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ। भन्नैपर्ने छ- लीलालेखनले [[नेपाली]] साहित्यमा लेखिने नयाँ विषयवस्तु दिनसकेको छ। वैरागी काइँलालाई लीलालेखनको प्रारम्भकर्ता प्रथम व्यक्ति भने पनि हुन्छ, यसमा चूक हुनेछैन तर स्वर्गीय वल्लभ भने यता आउनुभएन। स्थिर विन्दु अर्थात् वस्तुताको खोजीका क्रममा लीला आयो। सबै मानिसमा प्रकृतिले दिएको एकथोक हुन्छ। त्यो जिज्ञासु स्वभावले नै मान्छेलाई डोर्याएको हुन्छ। हाम्रो साहित्यमा कल्पना, भावना र मीठास धेरै भए पनि बौद्धिकताको कमी थियो। त्यसो त सम, देवकोटा, लेखनाथमा बौद्धिकता नभएको होइन तर हाम्रो बेलाको जस्तो बौद्धिकताको कमीझै लागेर खोजी गरियो। हाम्रो बेलाको भनेको धर्म, दर्शन, विज्ञान, सबैबाट ज्ञान लिएर लेखौँ र समाजलाई चाहिएको जस्तो दिउँ भन्ने हो। त्यसैले आइन्सटाइनको सापेक्षतावादलाई अँगालियो। त्यसले कुनै पनि कुरा सधैँ एकै हुँदैन भनेको छ। एक दृष्टिबाट राम्रो लागेको अर्को दृष्टिबाट नराम्रो लाग्न पनि सक्छ। वस्तुको वजन ठाउँअनुसार फरक पर्छ। गतिअनुसार लम्बाई पनि फरक हुन्छ। त्यसैले हाम्रो जीवनमा आउने हरेक कुरा पनि एकै हुँदैनन् भनेर नयाँ आधार समाएको हो। विश्वमा सबै चिज गतिशील छन्, रूप फेरिइरहन्छन् र सबै बदलिइरहने प्रक्रियामा छन्, यस्तो परिवर्तनलाई के भन्ने त भनेर खोज्दा 'लीला' भनिएको हो।" <ref>[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=1386&cat_id=44]-नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु :तुलसीहरि कोइराला</ref>
|