"इन्द्रबहादुर राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
इन्द्रबहादुरको जन्म वि. स‌ं. १९८४ साल माघ १७ गते [[दार्जीलिङ्ग जिल्ला|दार्जीलिङ]], [[खर्साङ]], बालासन खोलाको बगर, [[भारत]]मा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा भएको हो। राई आफ्नो जन्मका सम्बन्धमा भन्छन्, "मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे"। निम्न आय भएको परिवारमा जन्मे पनि उनको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि प्राध्यापनमा लागे। पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१मा आएको हो। उपन्यास चाहिँ सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने सन् १९६४ पुग्यो। यिनै कृतिले राईलाई चिनाए।
 
उनी आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्छन्, " मैले त्यसबेला पढेको कितावमा सन् १८६५मा१८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको 'एसेज इन क्रिटिसिज्म' थियो र त्यसले धेरै प्रभाव पार्‍यो। त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु। अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ। जीवन र जगत्लाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए। त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको। तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए। त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा।"
 
लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको 'कठपुतलीको मन' कथासङ्ग्रहलाई लिइन्छ। अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन्। 'नेपाली उपन्यासका आधारहरू' समालोचना कृतिका लागि सन् १९७५को 'साहित्य अकादमी पुरस्कार' नै प्राप्त गरे। कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनका बेजोड शिल्पकार राई ८४ वर्ष (वि सं २०६८)को उमेरमा पनि निरन्तर साहित्य साधनामै छन्। आफ्नो लेखनका सम्बन्धमा उनी भन्नुहुन्छ- लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन्। उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ। समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ। एउटा नाटक पनि लेख्न मन छ। धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ।