"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
 
== यम ==
पातञ्जल याेगसूत्र अनुसार यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह पर्दछन् । (अहिंसा,सत्य,अस्तेय,ब्रह्मचर्य र अपरिग्रह) ः– कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनुहो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउछन् । समाजमा सुख शान्ति कायम हुन्छ । मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्यहो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राण्ीाको हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ । कुनैपनि प्रकारले चोरी÷ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु÷नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्र्नुु अस्तेयहो । मन वचन र कर्मले कामवाशनाको पूर्ण निरोध बह्मचर्य हो । योगशास्त्रहरुमा अनावश्यक यौनकृया अथवा संभोगले मानिसमा रहेको दिव्य ऊर्जा नाशहुन्छ भनि बताइएको छ । जस्तै ः– मरणं विन्दुपातेन जीवनं विन्दुधारणात् । योगशास्त्र अनुसार चेतनाको उच्चस्तर विकासमा अनावश्यक संभोग बाधक छ । यसको इच्छा प्रथमतः मनमा जाग्दछ , अतः यसको कामना मानसिक धरातलमै नआओस भनि यसको निरोधको अभ्यास गर्नु भनेको ब्रह्मचर्य हो । भनिएको छ ः– कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुन त्यागी ब्रह्मचर्य प्रचक्षते ।। अर्थात ः मन, वचन र कर्मले हुने सवै किसिमका मैथुनको त्याग गर्नुनै ब्रह्मचर्य हो । तपाईले अश्लील वार्ता सुन्नु मात्रै भयो भने तपाई ब्रह्मचारी मानिनु हुन्न । यो ब्रह्मचर्यको परिभाषा हो । अपरिग्रह भनेको आफुलाई नचाहिने अनावश्यक बस्तुको संग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आपूmलाई ठान्नु परिग्रह हो । यसको विपरित ती यावत् वस्तुहरुको स्वामित्व बाट अलग्गिनु अपरीग्रह हो । संक्षेपमा संक्षिप्त जीवन यापन भन्दा बढी अनावश्यक भौतिक बस्तुको संग्रह नगर्नु नै अपरीग्रह हो । भगवान बुद्घले पनि आफ्नो साधना पद्घती विपश्यनाका साधकहरु लाई यी उपर्युक्त अनुशासनहरुको अनिवार्य पालना गर्ने निर्देशन दिनु भएको थियो । उपर्युक्त सवै नियमहरुको पालना गर्नु लाई यम भनिन्छ ।
पातञ्जल याेगसूत्र अनुसार यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह पर्दछन् ।
=== अहिंसा ===
प्रणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक ।
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित