"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
*यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ ।
केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा झापर देउका वंशज मानिने प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी (नायाँ व्यक्ति) ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।
मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु धिरगाँणी (गणेश), मोहन्याल, अलडो, वडातडो, नवा, विगरगाँणी, मेलघट्टी, जैनाडी, कैलपाल, भैंसीखर्के, ब्रह्मवेताल, मसानी, साङौडी, सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्याल की वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपाल कोरी दिन्छन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो । राजादिलिप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफेर गरेका थिए । केदारमा कुन्ती महारानी ५ दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज यो पानी केदारको जाँतमा देवता पूज्ने र खाने भएको छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिलिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिलिङ्ग मानिन्छन् । हामीले यसको विकास जुनरुपमा गर्नु पर्नेहो त्यो रुपमा गर्न सकेकाछैनौ ।
*यो स्थान केदारनाथको खुट्टा रहेको स्थान हो । यहाँ केदारका पाउ (खुट्टा) को पूजा गर्ने गरिन्छ ।
*काठमाण्डौको पशुपति शिवको “टाउको” हुन् ।
*कुमाऊँ गढवालका केदारनाथ शिवको “ढाँड” हुन् ।
 
== ठूला केदारमा केदारपक्ष र खापरेपक्षकाहरुको युद्ध गर्दाको रमिता==
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित