"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४७:
 
===धर्मसूत्र===
धर्म सूत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत [[वेद]] हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । वेदप्रतिपादित धर्म वर्णाश्रमधर्म हो ।तर वैदिक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततिहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसूत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जीवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसूत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार र नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैदिक कालमा जीवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ती चार आश्रमका नियम के हुने आदि विषयहरूका बारेमा उल्लेख हुन्छ । <ref name= "पूस्तक"/>
समग्रमा भन्नुपर्दा धर्मसूत्र पनि हरेक गोत्रको फरक फरक हुने गरेको छ । आफ्नो धर्मसूत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसूत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । वेदशाखानुसार निम्न लिखित धर्म सूत्रहरू विद्यमान छन् ।
* वासिष्ठधर्मसूत्र (ऋग्वेद)
* शंखलिखितधर्मसूत्र (शुक्लयजुर्वेद) * अापस्तम्ब धर्मसूत्र (कृष्णयजुर्वेद)
* बौधायन धर्मसूत्र
* गौतम धर्मसूत्र