"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

===== घ) जनजाति र आदिवासीको सवाल =====
जनजातिको बिषयमा नेपाली शब्द कोष अनुसार आफ्नै भाषा ,धर्म संस्कृति भएको पछौटे जाति सिकार खेली जिबिका चलाउँने समुदाय भनेर ब्याख्या गरेको भेटिन्छ | यस मानेमा यहाँका राउटे ,राजीहरु यहाँका जनजाति हुन् | हाम्रो समाजले जनै धारण नगर्ने मतवाली जातिलाई जनजातिको रुपमा लिएको छ | यस मानेमा थारु ,मगर ,भोटे, नेवार समुदायका मान्छेहरु जनजातिमा समेटिएका हुन् | यस क्षेत्रको बिषयमा कुरा गर्नु पर्दा यहाँका २००७- २००९ साल तिर जनै धारण गरेका अन्नंत धारण गर्नेहरु सहित, राना ,बडायक, राउत र कठरियाहरु यहाँका जनजाति हुन् | खेतीपाती नगर्ने, घुमन्ते -फिरन्ते, सरसफाईमा ध्यान नदिने, आधुनिक संसार भन्दा धेरै टाढा रहेको, जंगलमा बस्न र जंगली जीवन जिउँन रुचाउँने पछौटे जाति, धनुबाँण प्रयोग गरेर सिकार गर्ने ,जंगलका कन्दमुल खाने,निबस्त्र रहने, परम्परागत आफ्नै चाल-चलन ,संस्कृति,भाषा भएको जाति लाई सम्बन्धित क्षेत्रको आदिवासी (Tribal ) भनिन्छ | यस्तो जीवन जिउँने यो क्षेत्रमा यहाँका राजी,राउटे हरुपनि यो भन्दा फरक जीवन जिउँन थालिसके भने किन जनजाति र आदिवासीको सवालमा विवाद गरिदै छ | अन्तराष्ट्रिय कानुनी आधारलाई लिएर आदिवासीको सवालमा कुरागर्नु गर्दा आई.एल.ओ महासन्धिको बुदा न १६९ मा आदिवासीको ब्याख्या भएको छ | जसमा भनिएको छ, बर्तमान राज्यसत्ता कब्जागर्नु भन्दा पहिलेको राज्यसत्ताका मानिसहरु जसको जल, जमिन, जंगल अतिकर्मण भएको छ, जसको राज्यसत्ता खोसिएको छ, ती त्यो ठाउँका आदिवासी हुन् | यस अर्थमा वर्तमान राज्यसत्ता भनेको गोर्खा (पूर्वराजा ज्ञानेन्द्र शाह)को राज्यसत्ता हो | यो भन्दा पहिलेको राज्य सत्ता भनेको डोटी राज्य हो | त्यसैले डोटी राज्यका राजा.रजौटा,रैती ,नागरिकहरु सबै यो कैलाली कंचनपुर क्षेत्रका आदिवासी हुन् | त्यस्तै आदिवासीको आफ्नै पहिचान हुन्छ भनिएको छ | यसको सवालमा कुरा गर्दा डोटेली नागरिकका आफ्नै मौलिक पहिचान पनि छन् | डोटेली भाषा छ | डोटेली पहिरन (झगुलो, झगुली, गामन, चोलो) खवाई (गतानी डुप्का, घरेमडा, फौने माड़ा) देउडा ,गौरा ,फाग, चैत , भारत ,हुड्केली जस्ता संस्कृति छन् | मूख्य, रजवार,राजा, कटवाले,फौदार जस्ता राजनैतिक पद छन् | आफ्नै वैदिक संस्कार छ, आज यी मौलिक पहिचानहरु गोर्खा राज्य सत्ताको पुर्बाग्रही र हेपाहा सोचले गर्दा हराउँदै गएका छन् | डोटी राज्यका सबै डोटेली नागरिकहरु सुदूरपशिमका नौ जिल्ला सहित कुमाऊ गडवाल सम्मनका आदिवासी हुन् | यो भूमिमा यिनका पूर्वजको हजारौ बर्षदेखी वसोबास हुँदै आएको छ | आई.एल.ओ महासन्धिले आदिवासीलाई अधिकार दिनु पर्छ भनेर किटान गरेको छ | आदिवासीहरुको भूगोलमा रहेको जल, जंगल, जमिन सम्बन्धि राज्यले कुनै पनि नीति नियम बनाउँदा वा कार्यान्यन गर्दा त्यो ठाउँका आदिवासीहरुलाई राखेर उनको उपस्थितिमा बनाउँनु पर्छ भनेको छ र जल,जंगल,जमिनबाट आएको राजस्वको केही अंश ती आदिवासीको उत्थान र विकासमा खर्च गर्नु पर्छ भनेको छ | महासन्धिले व्यवस्था गरेको यो अधिकार लिन आफू यहाँको आदिवासी भएको नाताले तत्कालिन डोटी राज्यका सम्पूर्ण नागरिकहरु जागरुक बन्नु पर्छ, आफ्नो हक अधिकार स्थापित गर्न आवाज उठाउँदै अघि सर्नु पर्छ | यो अधिकार अनुसार राज्यबाट पाउँनु पर्ने सुबिधा डोटी राज्यका नागरिकले राज्यबाट लिनु पर्छ | यस भूगोलका बिपन्न र पछाडी परेको कुनै जाति , समुदायको उत्थानकोलागि खर्च गर्नु पर्छ | यो कुरामा सबैको ध्यान जानु आबस्यक छ | तत्कालिन समयमा डोटी राज्य दक्षिणमा भारतको लखनउ, सिंगाही सम्मनको भूमिमा फैलिएको थियो | २२से/२४से राज्यको एकीकरण अभियानको सुरुवात गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाहको बि.स १८३२ मा स्वर्गारोहण भए पछि उनका पहिला पुत्र प्रताप सिंह शाह दुई बर्ष राजा भए यिनको २५ बर्षको कलिलो उमेरमा बि.स १८३४ मा स्वर्गारोहण भयो | यस पछि पृथ्वी नारायण शाहका दोस्रा पुत्र बहादुर शाहले बि.स १८३४ देखि १८५१ सम्मनको बिजय अभियानबाट नेपाललाई बिशाल बनाएका थिए | यो भूमि २२से २४ से राज्य बिजय गर्दै आएको गोर्खा राज्यले डोटी राज्य बिजयसँगै डोटी राज्यको भूगोल दक्षिणमा इलाहाबाद सम्मन लियो र पश्चिममा कुमाउँ गडवाल सम्मनको क्षेत्र गोर्खा शासकले बिजय गर्दै नेपाललाई बिशाल बनायो | गोर्खा शासकको बिशाल भूमिको राज्य झन्डै २४/२५ बर्ष मात्र कायम रहन गयो | गोर्खा शासन कालमै इस्ट इन्डिया कम्पनि भनिने अंग्रेजले सन् १ नोवेम्बर १८१४ ( बि.स १५ कार्तिक १८७१ ) मा नेपालको बिरुद्द विधिवत रुपमा युद्दको घोषणा गरेपछि नेपालको तराईको ठूलो भूभाग पश्चिममा कुमाउ गडवालको क्षेत्र इस्ट इन्डिया कम्पनिले बिजय गरेर लियो | यही युद्दको दौरानमा सन् २ डिसेम्बर १८१५ (बि.स.१८७२ साल ) मा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र ,चन्द्र शेखर उपाध्याय र अंग्रेजको तर्फबाट क्यप्टन परिस ब्राद्शावले एक अर्काको भूमिमा अब युद्द नगर्ने भन्दै सन्धि गरे पछि नेपालको तराई क्षेत्रको ठूलो भूमि त्यो समयको इस्ट इन्डिया कम्पनिको भयो | यो बिषयमा नेपालको चित्त दुखेको नेपालका राजाले गुनासो गरेकोले अंग्रेजले सन् ८ डिसेम्बर १८१६ (बि.स ४ पुष १८७३ ) मा मकवानपुरमा भएको अर्को सन्धि अनुसार पुर्बी नेपालकोतराई भूमि दियो | राप्तीदेखि महाकालीसम्मको सुगौली सन्धिबाट गुमेको तथा नँया मुलुक मानिने बाँके ,बर्दिया ,कैलाली र कंचनपुर पुरस्कार स्वरुप विधिवत रुपमा नेपाल लाई सन् १८६० तथा बि.स.१९१७ मा फिर्ता गरेको थियो |
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550494" बाट अनुप्रेषित