"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
भारतखण्ड, मानसखण्ड, केदारभूमिको इतिहासको जगमा हुर्केका यहाँका आदिवासी मानिने कैलाली कंचनपुरको भूमिसँग विभिन्न किसिमले नाता सम्बन्ध गाँसीएका डोटी राज्यका डोटेली नागरिकहरुको प्राचीनकाल देखि सिकार खेल्ने र पशुपालन गर्ने क्षेत्र कैलाली कंचनपुरको भूमि हो | डोटी डडेल्धुराका हजारौ मान्छेका हजारौ गोठ गोठेरीहरु यहाँका वन-जंगलहरुमा हुने गर्दथे | तत्कालिन अबस्थामा स्कुल थिएनन् | पढाई लेखाई थिएँन् लाटो जमाना थियो | पशुधनलाई ठूलो धन मानिन्थ्यो त्यसैले जुन मान्छेका भैसी धेरै हुन्थे , त्यो मान्छे खोला रोडा गाउँ घरको धनि मानी मान्छे हो भनिन्थ्यो | त्यो समयमा मान्छेहरु पशुपालन तथा भैसीमा लगानी गर्थे | भैशी पालन तिनको मुख्य रोजगारी मानिन्थ्यो | भैशीको घिउ बेचेर नगद आम्दानी गर्दथे, घिउ बेच्नको लागि पनि सबै ठाउँमा बजार थिएँन् | पश्चिममा भारतको टनकपुर पूर्वमा बर्दियाको राजापुरमा लगेर घिउ बेचेर नगद धन थुपार्थे | डोटी राज्यकालमा भैसी तथा पशुपालन गर्ने गोठाला भनिएकाहरु तत्कालिन डोटी राज्यकालका डोटी र डडेल्धुराको भूगोलमा बसोबास गर्ने ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलतिहरु थिए | पहाडबाट गाई - भैसी तराई (माल)मा झार्दा कैलाली उत्तरमा पर्ने मोहन्याल गौडोमा कलेल जातिको मान्छेले सबै भन्दा पहिले त्यहाँ दुध हालेर गौडो खुलाउँनु पर्ने अनि सबैले गाई -भैसी तराई(माल) झार्न पाउँने हुन्छ | त्यस्तै कंचनपुर झलारी उत्तरमा पर्ने मुड्का जाँतमा डडेल्धुराका नागरिकहरुले हिउँद भरी गाई-भैसी मालमा रहँदा कुनै रोग ब्याधि आग-बाघ लागेन राम्रो भयो भनेर खुसि हुँदै मुड्का भनिने स्थानिय देवतालाई पहाड फर्कदा धुपबत्ती र पूजागर्दै पहाड उक्लने चलन तल्ली मल्लि माल-मधेसमा पशुपालन गर्न आउँदा जाँदाका पुराना मान्यतामा आधारित चलन हुन् | यी कुरा यहाँका इतिहास हुन् |
वर्तमानको कैलाली जिल्लाको भूमि बोगटान तप्पा र प्रतिहार तप्पा गरि दुई खण्डमा बिभाजन गरेर दुई नामले चिनिने गर्दथ्यो | बोगटान तप्पामा डोटी क्षेत्रमा राज्यगर्ने सिंहँदेव पाल, ब्रह्मदेव पाल, जगति पाल, निरयपालका वंशज मानिने शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका ठकुरी बोगटी रजवार/ बम ठकुरीहरुको राज्य थियो | यो तप्पामा चौधरी महादेव, चौधरी बालासिंहको मौजा र जिम्दारी चलेको थियो | चौमालाको पुर्ब उत्तरको टाकखोला, राजिपुर गाउँ र मंगलपुर् गाउँको बीचबाट बग्ने गौरिगंगा नदी देखि पूर्व कर्णालीनदी र दक्षिण मोहनासम्मनको भूमि बोगटान तप्पामा पर्दछ | डोटी बोगटानसँग सम्बन्धित यो भूमिको पश्चिममा पर्ने प्रतिहार तप्पामा डोटी बोगटानका भानादेव /झापरदेवका वंशज मानिने गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्दको भूगोल मानिन्थ्यो | यो प्रतिहार तप्पाको उत्तरमा पर्ने खैराला गाउँ विकास समिति अन्तरगतको गर्भ गाउँमा राणा प्रधानमन्त्री जुद्द शमशेरको पालामा बि.स १८८९ /९० मा निर्माण भएको गर्भ दरवार छ | यस्तै दरवार चौमालामा पनि थियो | चौमलाको दरवार भत्कीसक्यो यसको नाम निसाना छैन | प्रतिहार तप्पा गौरिगंगानदी देखि पश्चिम कैलाली कंचनपुरको सिमाना मोहनासम्मन हो | मोहनानदीको नामाकरण पनि मोहन्यालको नामबाट भएको हो, भने त्यो भन्दा पश्चिम बर्तमानको कंचनपुर मानिने तथा रैका तप्पामा रैका मल्ल /शाह राजाको शासन थियो | रैका भन्ने शब्दबाट रैकावर/रैका तप्पा नामाकरण भएको हो | दार्चुलाका मलिकार्जुन देवतासंग सम्बन्धित छिपलो (रैका) रैकर उठाउँन माल थली गएको मौकामा मलिकार्जुनले छिपलाकी श्रीमती लगे भन्ने किवदन्ती रैकाले छोएको स्थान असुद्द ठानी मलिकार्जुन देवता शिखरमा गएर बसे भन्ने मान्यता यही रैका राजाको रैकवारसंग सम्बन्धित इतिहास हो |
मोहनानदी देखि पश्चिम रैकातप्पा महाकालीनदी सम्मनको भूमिमा पर्दछ | कैलालीको मालवर भन्ने नाम पछि आएर नामाकरण भएको हो | राणा राज्यकालमा त्यो भूमिमा पनडौंनका धनसिंह मल्ल, मेघसिंह मल्लहरुको जिम्दारी चल्यो, डोटीबोगटानका मल्लहरु जिम्दार बने तब तिनको नामबाट मल्लको मल्वार भनिएको थियो | यो क्षेत्रमा मल्लहरुको जिम्दारीको अवशेष अझै पनि छ |
'''मोटा अक्षर'''== ग)=आधुनिकपक्ष:= ==
 
'''मोटा अक्षर'''==ग)=आधुनिकपक्ष:= ==
डोटी डडेल्धुराका पहाडी मुलका मान्छे र कैलाली कन्चनपुरका राना थारुको सम्बन्ध धेरै पुरानो र आत्मिय सम्बन्ध हो | डोटेली समुदायका मान्छेहरुका देबी-देवता र रानाथारु समुदायका शिव, पार्वती ,कालिका ,देबी ,दुर्गा, गोलादेउ (ग्वंशी) जस्ता देवतामा देखिने समानता ,विभिन्न समयका तिहारहरुमा गाईने गीत त्यहाँ खेलिने खेल र नाँचमा राम,कृष्ण ,शिव पार्वतीको इतिहास गाथामा आधारित गीत लय, रानाथारुहरुको होलिनाँचको पाईताला(खुट्टा)को चाल, डाल, ढोल र डोटेली समुदायको डेउडा गौरा पर्वमा खेलिने र गाईने गीत ,चैत ,भारत, ढोलले यी दुई समुदायको प्राचीन सम्बन्धलाई चिनाउँदै आएको छ | यति मात्र होइन यिनका बोलिका धेरै शब्दहरुमा एकरुपता छ | जस्तै खानु ,बिहि ,दर्पण , ठट्टा ,थाली ,गाली, कोला जस्ता धेरै शब्द यी दुवैमा भेटिन्छन् | डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटासँग सम्बन्धित भएकोले नै रानाथारुहरु डोटी र कुमाउ राज्यको स्वसासितक्षेत्र कैलाली ,कंचनपुर ,खटिमा ,हल्द्वानी सहितका नेपाल र भारतीय भूमिमा अझै भेटिन्छन् | कैलाली कंचनपुरमा बसोबास गर्ने शिक्षा र शसक्तिकरणको क्षेत्रमा पछाडी परेको मानिने रानाथारु डोटी र कुमाउँको कार्तिकेयपुरी राज्यका राजा /रजौटाका रैती थिए | विभिन्न कारणले त्यो समयमा राजारजौटाका वंशज यो समथर भूमिलाई पशुपालनको रुपमा संरक्षण गर्दै आफू पहाडी डाँडा पहाड उक्लेर बसोबास गर्नथाले भने राजाका रैती रानाथारु यो भूगोलको केही स्थानमा खेतीपाती गरि खान बस्ति बसेका थिए | यस्तै कैलालीको केही स्थानहरुमा कठरिया भनिने थारुहरु छिट पुट रुपमा बसोबास गर्ने गर्दथे | यी कठरिया डगौरा थारु भन्दा केही भिन्न पहिचानका थारु मानिन्छन् | कठरियाहरु पहाडबाट तराई आएर बसोबासगर्ने कठायतहरु हुन् भन्ने पनि गरिन्छ | यी मात्र होइन् बडायक र राउत भनिनेहरु पनि आफु पहाडबाट आएर तराइमा शासन गर्न बसेको बताउँछन् | डडेल्धुराको शिर्ष क्षेत्रमा राउत थर लेख्ने राउटे जाति भएकोले तराईमा रहेको राउत जाति यिनै राउटेसँग सम्बन्धित हुन् सक्ने धेरै सम्भावना छ |
कैलाली कन्चनपुरका खण्ड-क्षेत्र स्थानहरु तल्लीमाल (कैलाली) मल्लीमाल (कंचनपुर) मधेश, पर्गना तप्पा, बिचवा, घाट जस्ता नाम निसानले चिनिने गर्दछन् | आज यहाँका कयौन नामहरु बदलियाका छन् | ठाउँ र गाउँ पिच्छे फरक-फरक नाम बनेका छन् | कैलाली कंचनपुर मात्र होइन दक्षिण सिंगाही, लखनौ सम्मनको भूमि तत्कालिन डोटी राज्यको राज्यभूमि हो | बि.स. १८४७ साल भाद्र ३१ गते गोर्खाले डोटी राज्य बिजय गरेपछि डोटी राज्यको वर्तमान भारतको सिंगाही,लखनौ सम्मनको सम्पूर्णभूमि गोर्खा राज्यको हुन् गयो | त्यस पछि डोटी राज्यका राजा/रजौटा /नागरिक सबै गोर्खा राज्यका नागरिक बन्न पुगेका हुन् |