"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
दक्षिण हंसुलिया क्षेत्रमा मोहन्याल देवताका नाममा स्थापित थान र घाँट अझै भेटिन्छन् | इतिहासको बिषयमा कलम चलाउँने डा.देबी ओझाले मोहन्यालको नाम लेखिएको घाँट हसुलियामा २०३६ सालमा भेट्नु भएको थियो | पूर्व कर्णालीनदी देखि पश्चिम शिवगंगासम्म "मोहन्याल" देवताको भूमि मानिन्छ | शिवरुपी बेहड़ाबाबा पनि यही भूमिमा छन् | शिवगंगानदीको माथि पहरोमा नौवटा मूल भएको नौमूले भन्ने स्थान छ | तीन वटा नदी मिलेर बनेको यो शिवगंगाको इतिहास बाहिर ल्याउँनुपर्ने आवस्यकता छ | यहाँको शिवगंगानदी तीर्थ स्थल हो | यहाँ छिमेकी मुलुक भारतबाट माघे सक्रान्तिमा नुहाउँन आउँनेहरु भेटिन्छन् भने हाम्रो समाज यसको बारेमा अनभिज्ञ जस्तै बनेको छ | शिवगंगा देखि पश्चिम मछेलीसम्मन "ग्वंशी समैजी" को भूमि मानिन्छ | मछेली देखि बेतकोट दैजीसम्म "बैजनाथ"को भूमि मानिन्छ | बेत्कोट देखि महाकालीसम्मन "सिद्धनाथ"को भूमि मानिन्छ | यिनै आधारले गर्दा यो भूमि पौराणिक मान्यता र इतिहाससँग सम्बन्धित भूमि हो |
यसै कारणले मोहन्याल, समैजी, ग्वांशी समैजी ,सिद्दनाथ ,बैजनाथ देवताहरुको नामबाट कैलाली र कंचनपुरका धेरै बिद्यालय, क्याम्पस ,सामुदायिक वन र सहकारी संस्थाहरुको नामाकरण भएका हुन् | जुन स्थानमा जुन देवताको महत्व छ,जुन देवताको भूमि हो, त्यहाँ ती देवताको नामबाट तिनका मन्दिर र सार्वजनिक स्थलको नाम राखिने हाम्रो मान्यता भएकोले यिनै देवताको भूगोल मानिने कैलाली र कन्चनपुरमा यिनैको नामबाट बुज्रुक्क महानभावहरुको पहलमा सार्वजनिक स्थलहरुको नामाकरण गरिएको कुरा यहाँहरुको अगाडी जगजाहेर छ |
ख)= पुरातात्विक तथा ऐतिहासिकपक्ष :=
कंचनपुर जिल्ला शुक्लाफांटा आरक्ष भित्र भताभुंग अवस्थामा खण्डहरको रुपमा रहेको सिंह पाल, कनचनपाल राजाको दरवार तिनै आयोध्यपति शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका रघुवंशी जाट पाल राजाका वंशजको दरवार थियो | कंचनपुर जिल्ला कृष्णपुर् गाउँ विकास समिति मालुबेलाको उत्तरमा पर्ने सानो डाँडाको टाकुरोमा तारागडी भन्ने स्थान खण्डहरको रुपमा रहेको छ, यो तारागडी तत्कालिन पाल राजाले युद्दको लागि सुरक्षित किल्लाको रुपमा सम्बत १२५० - १३७० को बीचमा गडी भनेर स्थापना गरेका थिए |
अयोध्यसँग सम्बन्धित भएका, मथुरासँग सम्बन्धित भएका वैदिक देबीदेवता मान्ने वैदिक आर्यन होउन वा गुंगेपुरांग ताकलाखार हुँदै जुम्ला आएको नागराजको वंशजसँग सम्बन्धित भएका मस्टो अन्तर्गतका देबीदेवता मान्ने खस आर्यन होउन यिनका बीचको एक आपसको युद्दले गर्दा कुनै कालखण्ड एकको त् कुनै कालखण्ड अर्काको गरि तिनकै राज्यभूमि भएको यो क्षेत्रमा कहिले वैदिक आर्यन त् कहिले खस आर्यनबाट राज्यसत्ता चल्दै आएको थियो |
भारतखण्ड, मानसखण्ड, केदारभूमिको इतिहासको जगमा हुर्केका यहाँका आदिवासी मानिने कैलाली कंचनपुरको भूमिसँग विभिन्न किसिमले नाता सम्बन्ध गाँसीएका डोटी राज्यका डोटेली नागरिकहरुको प्राचीनकाल देखि सिकार खेल्ने र पशुपालन गर्ने क्षेत्र कैलाली कंचनपुरको भूमि हो | डोटी डडेल्धुराका हजारौ मान्छेका हजारौ गोठ गोठेरीहरु यहाँका वन-जंगलहरुमा हुने गर्दथे | तत्कालिन अबस्थामा स्कुल थिएनन् | पढाई लेखाई थिएँन् लाटो जमाना थियो | पशुधनलाई ठूलो धन मानिन्थ्यो त्यसैले जुन मान्छेका भैसी धेरै हुन्थे , त्यो मान्छे खोला रोडा गाउँ घरको धनि मानी मान्छे हो भनिन्थ्यो | त्यो समयमा मान्छेहरु पशुपालन तथा भैसीमा लगानी गर्थे | भैशी पालन तिनको मुख्य रोजगारी मानिन्थ्यो | भैशीको घिउ बेचेर नगद आम्दानी गर्दथे, घिउ बेच्नको लागि पनि सबै ठाउँमा बजार थिएँन् | पश्चिममा भारतको टनकपुर पूर्वमा बर्दियाको राजापुरमा लगेर घिउ बेचेर नगद धन थुपार्थे | डोटी राज्यकालमा भैसी तथा पशुपालन गर्ने गोठाला भनिएकाहरु तत्कालिन डोटी राज्यकालका डोटी र डडेल्धुराको भूगोलमा बसोबास गर्ने ब्राह्मण, ठकुरी ,छेत्री ,बैस्से ,दलतिहरु थिए | पहाडबाट गाई - भैसी तराई (माल)मा झार्दा कैलाली उत्तरमा पर्ने मोहन्याल गौडोमा कलेल जातिको मान्छेले सबै भन्दा पहिले त्यहाँ दुध हालेर गौडो खुलाउँनु पर्ने अनि सबैले गाई -भैसी तराई(माल) झार्न पाउँने हुन्छ | त्यस्तै कंचनपुर झलारी उत्तरमा पर्ने मुड्का जाँतमा डडेल्धुराका नागरिकहरुले हिउँद भरी गाई-भैसी मालमा रहँदा कुनै रोग ब्याधि आग-बाघ लागेन राम्रो भयो भनेर खुसि हुँदै मुड्का भनिने स्थानिय देवतालाई पहाड फर्कदा धुपबत्ती र पूजागर्दै पहाड उक्लने चलन तल्ली मल्लि माल-मधेसमा पशुपालन गर्न आउँदा जाँदाका पुराना मान्यतामा आधारित चलन हुन् | यी कुरा यहाँका इतिहास हुन् |
वर्तमानको कैलाली जिल्लाको भूमि बोगटान तप्पा र प्रतिहार तप्पा गरि दुई खण्डमा बिभाजन गरेर दुई नामले चिनिने गर्दथ्यो | बोगटान तप्पामा डोटी क्षेत्रमा राज्यगर्ने सिंहँदेव पाल, ब्रह्मदेव पाल, जगति पाल, निरयपालका वंशज मानिने शौनक गोत्रीय ,सूर्यवंशी रघुकुलका ठकुरी बोगटी रजवार/ बम ठकुरीहरुको राज्य थियो | यो तप्पामा चौधरी महादेव, चौधरी बालासिंहको मौजा र जिम्दारी चलेको थियो | चौमालाको पुर्ब उत्तरको टाकखोला, राजिपुर गाउँ र मंगलपुर् गाउँको बीचबाट बग्ने गौरिगंगा नदी देखि पूर्व कर्णालीनदी र दक्षिण मोहनासम्मनको भूमि बोगटान तप्पामा पर्दछ | डोटी बोगटानसँग सम्बन्धित यो भूमिको पश्चिममा पर्ने प्रतिहार तप्पामा डोटी बोगटानका भानादेव /झापरदेवका वंशज मानिने गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्दको भूगोल मानिन्थ्यो | यो प्रतिहार तप्पाको उत्तरमा पर्ने खैराला गाउँ विकास समिति अन्तरगतको गर्भ गाउँमा राणा प्रधानमन्त्री जुद्द शमशेरको पालामा बि.स १८८९ /९० मा निर्माण भएको गर्भ दरवार छ | यस्तै दरवार चौमालामा पनि थियो | चौमलाको दरवार भत्कीसक्यो यसको नाम निसाना छैन | प्रतिहार तप्पा गौरिगंगानदी देखि पश्चिम कैलाली कंचनपुरको सिमाना मोहनासम्मन हो | मोहनानदीको नामाकरण पनि मोहन्यालको नामबाट भएको हो, भने त्यो भन्दा पश्चिम बर्तमानको कंचनपुर मानिने तथा रैका तप्पामा रैका मल्ल /शाह राजाको शासन थियो | रैका भन्ने शब्दबाट रैकावर/रैका तप्पा नामाकरण भएको हो | दार्चुलाका मलिकार्जुन देवतासंग सम्बन्धित छिपलो (रैका) रैकर उठाउँन माल थली गएको मौकामा मलिकार्जुनले छिपलाकी श्रीमती लगे भन्ने किवदन्ती रैकाले छोएको स्थान असुद्द ठानी मलिकार्जुन देवता शिखरमा गएर बसे भन्ने मान्यता यही रैका राजाको रैकवारसंग सम्बन्धित इतिहास हो |
मोहनानदी देखि पश्चिम रैकातप्पा महाकालीनदी सम्मनको भूमिमा पर्दछ | कैलालीको मालवर भन्ने नाम पछि आएर नामाकरण भएको हो | राणा राज्यकालमा त्यो भूमिमा पनडौंनका धनसिंह मल्ल, मेघसिंह मल्लहरुको जिम्दारी चल्यो, डोटीबोगटानका मल्लहरु जिम्दार बने तब तिनको नामबाट मल्लको मल्वार भनिएको थियो | यो क्षेत्रमा मल्लहरुको जिम्दारीको अवशेष अझै पनि छ |
 
==ख)= पुरातात्विक तथा ऐतिहासिकपक्ष :== ==