"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

 
==१) पृष्ठभूमि :==
सुदूरपश्चिमाञ्चल विकासक्षेत्र नेपालका पाँच विकासक्षेत्रमध्येको एक विकासक्षेत्र हो | यस विकासक्षेत्रमा कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझांग , दार्चुला र बैतडी गरेर नौ जिल्लाहरु रहेका छन् | १९५३९ बर्ग किलो मि क्षेत्रफलमा फैलिएको सुदूरपश्चिमाञ्चलको राष्ट्रिय जनगणना २०६८ अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसंख्या छ | विकासको दृष्टिले धेरै पछाडी परेको मानिने यहाँको हिमाली र पहाडी क्षेत्रमा ४४ - ४९% सम्म गरिबीको रेखामुनी रहेका मानिसहरु बसोबास गर्दछन् | यहाँका हिमालीभूमि पर्यटन र जटिबुटीकोलागि महत्वपूर्ण छन् | पहाडीभूमि पशुपालन ,फलफुल र तरकारी उत्पादनकोलागि महत्वपूर्ण छन् | त्यस्तै खाधान्न उत्पादनकालागि सुदूरपश्चिमाञ्चलको अभाज्य अंग रहेको अन्नको भण्डार कैलाली कंचनपुरको समथर भूमि हो | नेपालको संविधान २०७२ अनुसार संघीय प्रदेश,नं ७ मा रहेको तराई, पहाड र हिमालसम्म फैलिएको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रको उत्तरी नाका चीन, पश्चिम र दक्षिणी नाका भारतसँग जोडिएको छ | यहाँको उचाई अनुसार हरेक कुरामा फरक-फरक पन छ | तराई देखि उच्च हिमालीभूमि सम्मनको प्रकृति अनुसार हुर्केका बोट-बिरुवा,जनावर, मानव र मानबिय रहन सहन संस्कृति, भेषभूषा हावापानी अनुसारको मौलिकता यहाँको सम्पति हो, यो पर्यटन विकासको आधार पनि हो | घना वनजंगल अनि कर्णाली र महाकालीजस्ता पानीका ठूला जल भण्डार रहेको यो भूगोल भित्र असंख्य गाड, खोला नाला रहेका छन् | प्राकृतिक हिसाबले सुन्दर मानिने यस विकासक्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र खप्तड राष्ट्रिय निकुञ्ज पर्दछन् | दुर्लभ मानिने जलचर प्राणी डल्फिनहरु यस भूमिको पूर्व र दक्षिणमा रहेको कर्णाली र मोहना नदीमा डुबुल्की लगाउँदै सयल गर्ने गर्दछन् |
प्राचीन इतिहाससँग सम्बन्धित पुरातात्विक स्थलहरुको भण्डार रहेको यो क्षेत्र कला संस्कृतिको पनि धनि छ | यहाँ डोटेली, मगर, भोटे, रानाथारु र डगौराथारुको परम्परागत भेषभुषा रहनसहन रीतिरिवाज र संस्कृति देख्न पाईन्छ | पुर्बी नेपालदेखि पश्चिमको हिमाल सम्मनका चार जात क्षत्तिस वर्ण भित्र पर्ने नागरिकहरु सुदूरपश्चिमाञ्चलको तराई बेल्टमा बसोबास गर्दछन् | यस कारण यो क्षेत्र हामी सबैको साझा फुलवारी हो | बर्गीय हिसाबले हेर्ने हो भने यहाँ बसोबास गर्ने सबै जात जातिका मानिसहरु समान छैनन् | धनि देखि गरिबीको रेखामुनी रहेका मानिसहरु यहाँका प्रत्येक जाति/समुदायमा भेटिन्छन् | जातिय भन्दा पनि बर्गीय हिसाबले आर्थिक उन्नतिका कार्यक्रमहरुको आवस्यकता यहाँ छ | सबै जाति समुदायका कला संस्कृतिको जगेर्ना गर्दै बिपन्न र पिछडिएको जातिय उत्थानकालागि जागरण फैलाउँनु छ | सबै जात-जाति, भाषा-भाषी, वर्ग र जातिका मान्छेमा जातिय सद्भाव कायम गर्नु छ | तराईको अन्नले हिमालको भोक मेट्नु पर्छ | हिमालको रमणीय स्थानको मज्जा तराईले लिन पाउँनु पर्छ | पहाडका फलफुलले यहाँका मानिसहरुलाई स्वाद दिनु सक्नु पर्छ | हाम्रा साझा भावना साझा बिचारले यो भूमि अझै रंगिन बनाउँदै सुन्दर र शान्त विकसित तुल्याउँनु पर्छ | यस कारण यो भूमिको तराई हाम्रो आधार हो, पहाड हाम्रो छाती हो भने हिमाल हाम्रो शीर हो |
२) पुस्तकको नामाकरण, कैलाली कंचनपुरको पौराणिक, पुरातात्विक तथा ऐतिहासिक र आधुनिक पक्ष
ऐतिहासिक कालखण्डमा सुरक्षाको दृष्टिले कैलाली ,कंचनपुरको भूमिमा स्थापना भएका शक्तिशालि देवता मोहन्याल र समैजीको छलबल देखाउँने माध्यम आग र बाघ चलाउँने हो | पुस्तक पनि कैलाली कंचनपुरसँग सम्बन्धित बिषयमा केन्द्रित गरि लेखिएकोले यसको बाहिरी आवरणमा जंगली बाघ (सिंह) राखिएको छ, भने डोटी क्षेत्रका दुई राजवंशजको इतिहास र कैलाली कंचनपुरको वास्तविकता झल्काउँने तर्फ केन्द्रित पुस्तक भएकोले यसको नाम इतिहास र वास्तविकता कैलाली कंचनपुरसँगको ऐतिहासिक सम्बन्ध रहेको छ | जान्नै पर्ने बुझ्नै पर्ने सत्य-तथ्य कुराहरु यस पुस्तकमा उल्लेख गरिएका छन् | सुदूरपश्चिमको इतिहास पुर्बी नेपालको तराई भन्दा एकदमै फरक छ | यहाँको पौराणिक, पुरातात्विक तथा ऐतिहासिक र आधुनिक बिषयमा बुँदागतरुपमा यहाँ उल्लेख गरिएको छ |
 
*[[Special:Recentchanges|नयाँ परिवर्तनहरू]]
*[[Special:Randompage|कुनै एक पृष्ठ]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/550482" बाट अनुप्रेषित