"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कम्युनिस्ट पार्टी एमाले
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३५:
संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य भूमिका खेलेको छ। विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गंभीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले)ले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो। तत्कालीन प्रधानमन्त्री [[कृष्णप्रसाद भट्टराई]]लाई समेत पराजित गर्दै राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड [[मदन भण्डारी]]प्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो। [[मनमोहन अधिकारी]] प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ। त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका वरिष्ठ नेता कमरेड [[माधवकुमार नेपाल]] र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष कमरेड [[झलनाथ खनाल]]ले प्रधानमन्त्रीको रूपमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको छ।
 
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड [[मदन भण्डारी]]द्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ।नेपाललाइ विकास तर्फ ढध्कल्न महत्त्वपूर्ण कार्यहरु गर्दै आइरेको छ।
{{नेपालका राजनीतिक दलहरू}}