"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{विशेष लेख}}
{{Infobox person
| name = नारायणगोपाल गुरुवाचार्य
Line २६ ⟶ २७:
नारायण–गोपाललाई मीत लगाइदिने ईश्वरवल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए। उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, बियोगका र बिरहका गीत गाउन थाले। उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे।
बीसको दशकमा उनको शालीनता
नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो। यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो। यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो , यही क्रममा नारायणगोपालले [[गोपाल योञ्जन]]सँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए। बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले [[गोपाल योञ्जन]]लाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा विशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे। उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे। यही समय उनी हरेक संगीतकार प्रिय गायक भए। त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे। उनलाई चेतनाका गायक पनि भन्न थालियो।
बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो , यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग उठबस शुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए , भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए।
प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू [[गोपाल योञ्जन]]लाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।
 
==परिवर्तनको संघारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू [[गोपाल योञ्जन]]को विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो। यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकु¥यालसँग उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए। संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे।
यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ।
त्यसमध्ये रञ्जित गजमेरको बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए। यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ। अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा पनि बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे।
कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्तावन्न ओटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।
 
==असफलता==
एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए।
उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए। चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो।
चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए। फुटबल खेलका पारखी थिए। चेसका खेलाडी थिए। उनी भान्सामा कुशल भान्से थिए। र, शौखिन फोटोग्राफर थिए।
उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे। उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे। उनले आफ्ै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे।
 
यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको , उनी भन्थे,म गाउँछु केवल जनताको लागि गाउँछु।
 
==पुरस्कार तथा सम्मान==
नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार ([[रेडियो नेपाल]]), २०२४ सालमा सर्वोत्तम गायक ([[रेडियो नेपाल]]), २०३९ सालमा [[रत्न रेकर्ड पुरस्कार]], २०३३ सालमा [[गोरखा दक्षिण बाहु, चौथो]], २०४० सालमा [[इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार]], २०४३ सालमा [[लायन्स अवार्ड]], २०४४ सालमा [[छिन्नलता पुरस्कार]], २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]], २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]] र २०४८ सालमा [[त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।
 
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[बीर अस्पताल|बीर हस्पिटल]]मा भएको भयो।
 
 
===प्रमुख एल्बमहरू===
* [[गीती श्रद्धान्जली]] भाग १
* [[गीती श्रद्धान्जली]] भाग २
* [[गीती श्रद्धान्जली]] भाग ३
* [[गीती श्रद्धान्जली]] भाग ४
* [[स्वर्निम सन्ध्या]] भाग १
* [[स्वर्निम सन्ध्या]] भाग २
* [[प्रीयशी का यादहरू]]
* [[प्रेमको माला]]
* [[मान्छेको माया]]
* [[मलाई नसोध]]
* [[लालीगुरास भएछु]]
* [[अल्झे छ क्यारे]]
* [[तिम्रो मनमा]]
* [[गीतीयात्रा]] भाग १
* [[नारायणगोपालका आधुनिक गीतहरू]] भाग १ - भाग ९ सम्म
* [[मालती मंगले]] ([[गीतीनाटक]])
 
==बाहिरी लिंकहरू==
* [http://www.youtube.com/results?search_query=narayan%20gopal&search=Search युट्युबमा उपलब्ध नारायणगोपालका गीतहरू]
* [http://www.madanpuraskar.org/guthi/narayangopal.php मदन पुरस्कार गुठी]
 
{{DEFAULTSORT:गुरुवाचार्य, नारायणगोपाल}}
[[श्रेणी:जीवनी]]
[[श्रेणी:गायक]]
[[श्रेणी:संगीत]]
[[श्रेणी:मृत नेपालीहरू]]
[[श्रेणी:नेपाली गायकहरू]]
[[श्रेणी:संगीतकार]]
[[श्रेणी:नेपाली संगीत]]
[[श्रेणी:गीत संगीत]]