"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
माझ किराँतको सुदुर पश्चिम [[ओखलढुङ्गा जिल्ला]]मा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम [[सोलुखुम्बु जिल्ला]]मा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । [[खोटाङ जिल्ला]]को उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । [[खोटाङ जिल्ला]]कै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । [[भोजपुर जिल्ला]]को दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।
 
''
"'[[दुङमाली भाषा]]'''विषेष गरी पौवा खेसाङ थुम(गणराज्य) भित्र बोलिने भाषा हो । कोशी अञ्चल भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरुले बोलिन्ने भाषालाई दुङमाली भाषा भन्निछ ।