"इन्फ्लुएन्जा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
|MeshID=D007251
}}
'''इन्फ्लुएन्जा'''लाई बोलिचालीको भाषामा फ्लू भनिन्छ। यो [[इन्फ्लुएन्जा भाइरस]]का कारणले लाग्ने सङ्क्रामक रोग हो।<ref name=WHO2014/> यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन्।<ref name=CDC2014Key>{{cite web|title=Key Facts about Influenza (Flu) & Flu Vaccine|url=http://www.cdc.gov/flu/keyfacts.htm|website=cdc.gov|accessdate=26 November 2014|date=September 9, 2014}}</ref> प्रायजसो देखा पर्ने लक्षणहरू: उच्च ज्वरो, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने तथा थकान महशुस हुने आदि हुन्। सामान्यतया यी लक्षणहरू भाइरसको सम्पर्कमा पुगेको दुई दिनपछि सुरु हुन्छन् र धेरैजसो एक हप्ताभन्दा कमसम्म रहने गर्दछन्। यद्यपी यो रोगका कारण लाग्ने खोकी दुई हप्ताभन्दा बढी रहन सक्छ।<ref name=WHO2014>{{cite web|title=Influenza (Seasonal) Fact sheet N°211|website=who.int|accessdate=25 November 2014|date=March 2014|url=http://www.who.int/mediacentre/factsheets/fs211/en/}}</ref> बालबालिकाहरूमा वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्छ तर वयस्कहरूमा यस्तो लक्षण नदेखिन सक्छ। वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू खासगरी इन्फ्लुएन्जासँग सम्बन्धित नहुने [[सङ्क्रामक पखाला]] (ग्यास्ट्रोएन्टराइटिस) भएको बेलामा देखा पर्छ। सङ्क्रामक पखालालाई गलत अर्थ लाग्नेगरी 'पेटको फ्लू' वा '२४ घण्टे फ्लू' पनि भन्ने गरिन्छ तर यसको वास्तविक फ्लूसँग कुनै सम्बन्ध छैन।<ref name=Dub2011>{{cite book|last1=Duben-Engelkirk|first1=Paul G. Engelkirk, Janet|title=Burton's microbiology for the health sciences|date=2011|publisher=Wolters Kluwer Health/Lippincott Williams & Wilkins|location=Philadelphia|isbn=9781605476735|page=314|edition=9th|url=https://books.google.com/books?id=RaVKCQI75voC&pg=PA355}}</ref>
 
इन्फ्लुएन्जाले [[भाइरल निमोनिया]], दोस्रो चरणको [[ब्याक्टेरियल निमोनिया]], नाके ओढारको सङ्क्रमण (पिनास) जस्ता जटिलता निम्त्याउन सक्छ भने [[दम]] वा [[हृदयघात]] जस्ता समस्यालाई झनै जटिल बनाउन सक्छ।
 
इन्फ्लुएन्जा भाइरसहरू धेरै प्रकारका भए पनि तीन वटाले मात्र मानिसलाई असर पुर्याउने गर्दछन्। ती भाइरसहरूलाई अङ्ग्रेजीमा टाइप ए, टाइप बी र टाइप सी भनेर नामाकरण गरिएको छ।
"https://ne.wikipedia.org/wiki/इन्फ्लुएन्जा" बाट अनुप्रेषित