"इन्फ्लुएन्जा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
|MeshID=D007251
}}
'''इन्फ्लुएन्जा'''लाई बोलिचालीको भाषामा फ्लू भनिन्छ। यो [[इन्फ्लुएन्जा भाइरस]]का कारणले लाग्ने सङ्क्रामक रोग हो।<ref name=WHO2014/> यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन्।<ref name=CDC2014Key>{{cite web|title=Key Facts about Influenza (Flu) & Flu Vaccine|url=http://www.cdc.gov/flu/keyfacts.htm|website=cdc.gov|accessdate=26 November 2014|date=September 9, 2014}}</ref> प्रायजसो देखा पर्ने लक्षणहरू: उच्च ज्वरो, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने तथा थकान महशुस हुने आदि हुन्। सामान्यतया यी लक्षणहरू भाइरसको सम्पर्कमा पुगेको दुई दिनपछि सुरु हुन्छन् र धेरैजसो एक हप्ताभन्दा कमसम्म रहने गर्दछन्। यद्यपी यो रोगका कारण लाग्ने खोकी दुई हप्ताभन्दा बढी रहन सक्छ। बालबालिकाहरूमा वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्छ तर वयस्कहरूमा यस्तो लक्षण नदेखिन सक्छ। वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू खासगरी इन्फ्लुएन्जासँग सम्बन्धित नहुने सङ्क्रामक पखाला (ग्यास्ट्रोएन्टराइटिस) भएको बेलामा देखा पर्छ। सङ्क्रामक पखालालाई गलत अर्थ लाग्नेगरी 'पेटको फ्लू' वा '२४ घण्टे फ्लू' पनि भन्ने गरिन्छ तर यसको वास्तविक फ्लूसँग कुनै सम्बन्ध छैन।
 
इन्फ्लुएन्जाले भाइरल निमोनिया, दोस्रो चरणको ब्याक्टेरियल निमोनिया, नाके ओढारको सङ्क्रमण (पिनास) जस्ता जटिलता निम्त्याउन सक्छ भने दम वा हृदयघात जस्ता समस्यालाई झनै जटिल बनाउन सक्छ।
"https://ne.wikipedia.org/wiki/इन्फ्लुएन्जा" बाट अनुप्रेषित