"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३२:
</gallery>
सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये [[काठमाडौँ उपत्यका]]मा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा,[[भक्तपुर जिल्ला]]को थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।
श्रीपञ्चमीका दिन [[कामदेव]] र [[रति|रती]]को पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदांगज्योतिषका आधारमा कालगणना गरिन्थ्यो | सायन मकर संक्रान्तिको नजिक पर्ने शुक्लपक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो |प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो |यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो |पछि निरयणवादको अवधारणा विकशित भयो| वैदिकज्योतिष जो दृक् सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा माघ महिना भन्दै गर्दा वसन्त पञ्चमी पर्व आउने भयो वैदिक कालगणनाका आधारमा चान्द्रवर्ष मान्दा आज पनि वसन्तऋतुमै वसन्तपञ्चमी आउने गर्दछ |चान्द्र दोस्रो ऋतु वसन्तागमनको उत्सवलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ।काल गणनाको स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन|वर्तमान सरकारी पञ्चांग निर्णायकसमितिद्वारा निर्णित तिथिमिति करीव एक महिना फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ |अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ|काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी पञ्चमीलाई मानिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित