"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७७:
 
== इतिहास ==
[[चित्र:RedFortRed Fort in Delhi 03-2016 img3.jpg|thumb|right|लाल किला]]
दिल्लीको प्राचीनतम उल्लेख [[महाभारत]]मा भेटिन्छ जहाँ यसको उल्लेख प्राचीन [[इन्द्रप्रस्थ]]को रूपमा गरिएछ । इन्द्रप्रस्थ पाण्डवहरूको राजधानी थियो । पुरातात्विक रूपले जुन पहिले प्रमाण पाईएको छ त्यसबाट थाहा हुन्छ कि ईसा पूर्व दुई हजार वर्ष पहिले पनि दिल्ली तथा यसको आस-पास क्षेत्रमा मानव बसोबास गर्ने गर्थे । [[मौर्य काल]] (ईसा पूर्व ३००)देखि यहाँ एउटा नगरको विकास शुरु भयो । [[चन्दरबरदाई]]को रचना [[पृथ्वीराज रासो]]मा [[तोमर वंश|तोमर]] राजा [[अनंगपाल]]लाई दिल्लीको संस्थापक बताईएको छ । यस्तो मानिन्छ कि उनले नै 'लाल-कोट'को निर्माण गराएका थिए र लौह-स्तंभको दिल्ली लिएर आए । दिल्लमा तोमरहरूको शासनकाल इ.सं. ९०० देखि इ.सं.१२०० सम्म रहेको मानिन्छ । 'दिल्ली' या 'दिल्लिका' शब्दको प्रयोग सर्वप्रथम उदयपुरमा प्राप्त भएका शिलालेखहरूमा पाईयो । यस शिलालेखको समय इ.सं. ११७० निर्धारित गरियो । इ.सं. १२०६ पछि दिल्ली [[दिल्ली सल्तनत]]को राजधानी बन्यो । यस राज्यमा [[खिलजी वंश]], [[तुगलक वंश]], [[सैयद वंश]] र [[लोधी वंश]] समते केही अन्य वंशहरूले शासन गर्‍यो । यस्तो मानिन्छ कि आजको आधुनिक दिल्ली बन्नु भन्दा पहिले दिल्ली सात पल्ट उजाड भएर विभिन्न स्थानहरूमा बस्यो, जसको केही अवशेष अहिले पनि देख्न सकिन्छ । दिल्लीको तत्कालीन शासकहरूले यसको स्वरूपमा धेरै पल्ट परिवर्तन गरे । मुगल बादशाह हुमायूँले सरहिंदको नजीकको युद्धमा अफगानहरूलाई पराजित गरे तथा बिना कुनै विरोधको दिल्लीमा अधिकार जमाए । हुमायूँको मृत्यु पछि हेमू विक्रमादित्यको नेतृत्वमा अफगानीहरूले मुगल सेनालाई पराजित गरेर आगरा तथा दिल्लीमा पुनः अधिकार प्राप्त गरे। मुगल बादशाह [[अकबर]]ले आफ्नो राजधानीको दिल्लीबाट [[आगरा]] स्थान्तरित गरे । अकबरको नाति [[शाहजहाँ]] सन् (१६२८-१६५८)ले सत्रौं सताब्दीको मध्यमा यसलाई सातौं पल्ट बनाए जसलाई शाहजहानाबादको नामले चिनिन थालियो । शाहजहानाबादलाई साधारण बोली-चालीको भाषामा पुरानो शहर या पुरानो दिल्ली भनिन्छ। प्राचीनकालदेखि पुरानो दिल्लीमा अनेक राजाहरू एवं सम्राटहरूले राज्य गरेका छन तथा समय-समयमा यसको नाममा पनि परिवर्तन भईरहेको थियो। पुरानी दिल्ली सन् १६३८ पछि मुगल सम्राटहरूको राजधानी रह्यो। जहाँ आखिरी मुगल शाह बहादुर शाह जफर थिए। सन १८५७ को [[सैन्य विद्रोह]] पछि दिल्लीमा ब्रिटिश शासनको आदेशमा शासन चल्न लाग्यो । सन १८५७ को यस [[प्रथम भारतीय स्वतन्त्रता संग्राम]]को आन्दोलनलाई पूर्ण रूपमा दबाए पछि अंग्रेजहरूले [[बहादुरशाह जफर]]लाई [[रङ्गुन]] पठाई दिए तथा भारत पूर्ण रूपमा अंग्रेजहरूको अधीन भयो। प्रारम्भमा उनिहरूले कलकत्ता (आजकल [[कोलकाता]])बाट शासन गर्न थाले तर सन् १९११ मा उपनिवेश राजधानीलाई दिल्ली स्थानान्तरित गरियो । सन १९४७ मा भारत स्वतन्त्रता भए पछि यसलाई अधिकारिक रूपले भारतको राजधानी घोषित गरियो । दिल्लीमा धेरै राजाहरूको साम्राज्यको उदय तथा पतनको साक्षी आज पनि विद्धमान छन् । तोमर शासकहरूमा दिल्लीको स्थापनाको श्रेय अनंगपाललाई जान्छ ।
 
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित