"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
===ब्याक्टेरियाका कारणले हुने सङ्क्रमण===
[[File:Swollen eye with conjunctivitis.jpg|thumb|right|ब्याक्टेरियाका कारणले लागेको आँखा पाक्ने रोग]]
ब्याक्टेरियाका कारणले आँखा पाक्ने रोग लागेको बेलामा तिब्र गतिमा आँखा रातो हुन्छ भने आँखाको ढकनी सुन्निने तथा चिप्रा निस्कने हुन्छ। साधारणतया सुरुमा एउटा आँखामा लक्षणहरू देखिन्छ तर दुईदेखि पाँच दिनसम्ममा अर्को आँखामा पनि सरिसक्छ। पिप निकाल्ने (पायजेनिक) ब्याक्टेरियाका कारणले आँखा पाकेको छ भने आँखा चिलाउने वा बिझाउने हुन सक्छ। त्यस्तै आँखामा धागो जस्तो, अपारदर्शी, खरानी रङ्ग वा पहेलो खालको चिप्रा देखा पर्छ जसले आँखाको ढकनीलाई एकआपसमा टाँसी दिन्छ। विशेषगरी निदाएर उठ्ने बेलामा यस्तो भेटिन सक्छ। सङ्क्रमित आँखा वा आसपासको छाला अत्यन्तै कडा हुने समस्या पनि देखिन सक्छ। यो रोग लागेको बेलामा आँखामा चिलाउने वा बिझाउने महशुस हुने हुनाले बिरामीलाई आँखामा केही बाहिरी वस्तु परेको भान पर्न सक्छ। छोटो अवधिको तर गम्भीर खालको सङ्क्रमण धेरै पीडादायी हुन्छ। साधारणतया स्टाफाइलोकोकाई र स्ट्रेप्टोकोकाई वर्गका ब्याक्टेरियाका कारणले कम असर गर्ने खालको आँखा पाक्ने रोग लाग्ने गर्दछ।<ref>{{cite web |title=Pink Eye (Conjunctivitis) |publisher=MedicineNet |url=http://www.medicinenet.com/pink_eye/article.htm}}</ref>
 
क्लामिडिया, ट्राकोमाटिस वा मोराक्जेला जस्ता ब्याक्टेरियाले चिप्रा नदेखिने र आँखा कम रातो हुने तर लामो अवधिसम्म रहने खालको रोग लगाउने गर्दछन्।