"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
 
यस्तो आँखा पाक्ने रोग लागेको बेलामा कन्जङ्टिभाको बाहिरी सतहका रक्तनलीहरू फुलेर आँखा रातो हुने, कन्जङ्टिभा सुन्निने, चिलाउने तथा धेरै आँसु निस्किने जस्ता लक्षणहरू देखिन्छ। यदि एलर्जीसँगै नाकभित्रको झिल्लीमा पनि इन्फ्लामेसन भएको छ भने त्यस्तो अवस्थालाई एलर्जिक राइनोकन्जङ्टिभाइटिस भनिन्छ। मास्ट जीवकोषहरूले गर्ने हिस्टामाइन तथा अन्य सक्रिय वस्तुहरू निष्कासनका कारण लक्षणहरू देखा पर्ने गर्दछन्। त्यस्ता वस्तुहरूले रक्तनलीहरू फुलाउने, स्नायुको टुप्पाहरूमा चिलाउने र आँसुको उत्पादन बढाउने गर्दछन्।
 
 
 
===ब्याक्टेरियाका कारणले हुने सङ्क्रमण===
ब्याक्टेरियाका कारणले आँखा पाक्ने रोग लागेको बेलामा तिब्र गतिमा आँखा रातो हुन्छ भने आँखाको ढकनी सुन्निने तथा चिप्रा निस्कने हुन्छ। साधारणतया सुरुमा एउटा आँखामा लक्षणहरू देखिन्छ तर दुईदेखि पाँच दिनसम्ममा अर्को आँखामा पनि सरिसक्छ। पिप निकाल्ने (पायजेनिक) ब्याक्टेरियाका कारणले आँखा पाकेको छ भने आँखा चिलाउने वा बिझाउने हुन सक्छ। त्यस्तै आँखामा धागो जस्तो, अपारदर्शी, खरानी रङ्ग वा पहेलो खालको चिप्रा देखा पर्छ जसले आँखाको ढकनीलाई एकआपसमा टाँसी दिन्छ। विशेषगरी निदाएर उठ्ने बेलामा यस्तो भेटिन सक्छ। सङ्क्रमित आँखा वा आसपासको छाला अत्यन्तै कडा हुने समस्या पनि देखिन सक्छ। यो रोग लागेको बेलामा आँखामा चिलाउने वा बिझाउने महशुस हुने हुनाले बिरामीलाई आँखामा केही बाहिरी वस्तु परेको भान पर्न सक्छ। छोटो अवधिको तर गम्भीर खालको सङ्क्रमण धेरै पीडादायी हुन्छ। साधारणतया स्टाफाइलोकोकाई र स्ट्रेप्टोकोकाई वर्गका ब्याक्टेरियाका कारणले कम असर गर्ने खालको आँखा पाक्ने रोग लाग्ने गर्दछ।
 
क्लामिडिया, ट्राकोमाटिस वा मोराक्जेला जस्ता ब्याक्टेरियाले चिप्रा नदेखिने र आँखा कम रातो हुने तर लामो अवधिसम्म रहने खालको रोग लगाउने गर्दछन्।
 
ब्याक्टेरियाका कारणले आँखा पाकेको बेलामा आँखाको कन्जङ्टिभालाई ढाक्ने खालको झिल्ली वा नक्कली झिल्ली बन्न पनि सक्छ। नक्कली झिल्लीहरू सुन्निएका कोषहरू तथा चिप्रा मिलेर बनेका हुन्छन् भने आँखाको बाहिरी तहमा खुकुलोसँग टाँसिएका हुन्छन्। तर सक्कली झिल्लीहरू आँखाको बाहिरी तहमा बलियो गरी टाँसिएका हुन्छन् जसलाई सजिलै हटाउन सकिँदैन।
 
== सन्दर्भ सामग्रीहरू==