"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

===एलर्जीका कारणले हुने सङ्क्रमण===
[[File:Allergicconjunctivitis.jpg|thumb|right|एलर्जिक कन्जङ्टिभाइटिस लागेर सेतो भागको बाहिरी तह सुन्निएको आँखा]]
कुनै वस्तुको एलर्जीका कारणले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) इन्फ्लामेसन भएर हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा एलर्जिक कन्जङ्टिभाइटिस भनिन्छ।<ref name="Bielory">{{cite journal | author = Bielory L, Friedlaender MH | title = Allergic conjunctivitis | journal = Immunol Allergy Clin North Am | volume = 28 | issue = 1 | pages = 43–58, vi |date=February 2008 | pmid = 18282545 | doi = 10.1016/j.iac.2007.12.005 }}</ref> एलर्जी गराउने वस्तुहरू मानिस अनुसार फरकफरक हुन्छन्।
 
यस्तो आँखा पाक्ने रोग लागेको बेलामा कन्जङ्टिभाको बाहिरी सतहका रक्तनलीहरू फुलेर आँखा रातो हुने, कन्जङ्टिभा सुन्निने, चिलाउने तथा धेरै आँसु निस्किने जस्ता लक्षणहरू देखिन्छ। यदि एलर्जीसँगै नाकभित्रको झिल्लीमा पनि इन्फ्लामेसन भएको छ भने त्यस्तो अवस्थालाई एलर्जिक राइनोकन्जङ्टिभाइटिस भनिन्छ। मास्ट जीवकोषहरूले गर्ने हिस्टामाइन तथा अन्य सक्रिय वस्तुहरू निष्कासनका कारण लक्षणहरू देखा पर्ने गर्दछन्। त्यस्ता वस्तुहरूले रक्तनलीहरू फुलाउने, स्नायुको टुप्पाहरूमा चिलाउने र आँसुको उत्पादन बढाउने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/547797" बाट अनुप्रेषित