"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
 
आँखा पाक्ने रोगले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा)लाई हल्का गुलाफी रङ्गको बनाइदिने हुनाले कहिलेकाहिँ आँखाको आइरिसमा हुने सिलियरी सङ्क्रमण भएको जस्तो पनि लाग्न सक्छ। तर [[सुक्ष्मदर्शक यन्त्र]]ले हेर्दा केही छुट्याउन सकिने खालका थप चिह्नहरू देख्न सकिन्छ। हर्पेस सिम्प्लेक्स तथा भेरिसेला जोस्टर जस्ता अन्य रोगका भाइरसहरूले पनि आँखाको सङ्क्रमण गराउने गरेको पाइन्छ।
 
 
==एलर्जीका कारणले हुने सङ्क्रमण==
कुनै वस्तुको एलर्जीका कारणले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) इन्फ्लामेसन भएर हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा एलर्जिक कन्जङ्टिभाइटिस भनिन्छ। एलर्जी गराउने वस्तुहरू मानिस अनुसार फरकफरक हुन्छन्।
 
यस्तो आँखा पाक्ने रोग लागेको बेलामा कन्जङ्टिभाको बाहिरी सतहका रक्तनलीहरू फुलेर आँखा रातो हुने, कन्जङ्टिभा सुन्निने, चिलाउने तथा धेरै आँसु निस्किने जस्ता लक्षणहरू देखिन्छ। यदि एलर्जीसँगै नाकभित्रको झिल्लीमा पनि इन्फ्लामेसन भएको छ भने त्यस्तो अवस्थालाई एलर्जिक राइनोकन्जङ्टिभाइटिस भनिन्छ। मास्ट जीवकोषहरूले गर्ने हिस्टामाइन तथा अन्य सक्रिय वस्तुहरू निष्कासनका कारण लक्षणहरू देखा पर्ने गर्दछन्। त्यस्ता वस्तुहरूले रक्तनलीहरू फुलाउने, स्नायुको टुप्पाहरूमा चिलाउने र आँसुको उत्पादन बढाउने गर्दछन्।
 
== सन्दर्भ सामग्रीहरू==