"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
 
[[संयुक्त राज्य अमेरिका]]मा प्रत्येक वर्ष ३० देखि ६० लाख मानिसहरू आँखा पाक्ने रोगको सिकार हुने गर्दछन्।<ref name=NIH2015/><ref name=Az2013/> यो रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्ने गर्दछ।<ref name=Az2013/> सामान्यतया यो रोग एक वा दुई हप्तामा निको भइसक्छ।<ref name=NIH2015/><ref name=Az2013/> यदि रोगीमा आँखा नदेख्ने, धेरै पीडा हुने, उज्यालोमा बस्न नसक्ने, छालामा मसिना बिमिरा देखा पर्ने भयो वा एक हप्तासम्म पनि कुनै पनि सुधार देखिएन भने थप परीक्षण तथा उपचार आवस्यक हुन सक्छ।<ref name=Az2013/> भर्खरै जन्मेको बच्चामा हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा नियोनेटल कन्जङ्टिभाइटिस भनिन्छ। यस्तो रोगको पनि विशेष उपचार गरिनु आवस्यक हुन सक्छ।<ref name=NIH2015/>
 
==लक्षण तथा चिह्नहरू==
आँखा रातो हुने, आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) सुन्निने तथा आँखा रसिलो हुने जस्ता लक्षणहरू सबै प्रकारका आँखा पाक्ने रोगमा देखा पर्ने लक्षणहरू हुन्। आँखामा सङ्क्रमण भए पनि [[आँखाको नानी]]ले सामान्य रूपमा काम गरेको हुनुपर्छ भने दृष्य क्षमता पनि सामान्य नै हुनु पर्छ।