"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण [[भाइरस]]को सङ्क्रमण भएपछि लगत्तै हुने [[ब्याक्टेरिया]]को सङ्क्रमण हुनेगरेको पाइन्छ।<ref name=Az2013/> यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा [[रुगा]]का लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्।<ref name=NIH2015/> फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ।<ref name=Az2013/> कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।<ref name=NIH2015/>
 
आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ।<ref name=NIH2015/> भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन।<ref name=Az2013/> त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ।<ref name=NIH2015/><ref name=Az2013/> कन्ट्याक्ट लेन्स लगाउने तथा [[गनोरिया]] वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।<ref name=Az2013/>
 
संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष ३० देखि ६० लाख मानिसहरू आँखा पाक्ने रोगको सिकार हुने गर्दछन्। यो रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्ने गर्दछ। सामान्यतया यो रोग एक वा दुई हप्तामा निको भइसक्छ। यदि रोगीमा आँखा नदेख्ने, धेरै पीडा हुने, उज्यालोमा बस्न नसक्ने, छालामा मसिना बिमिरा देखा पर्ने भयो वा एक हप्तासम्म पनि कुनै पनि सुधार देखिएन भने थप परीक्षण तथा उपचार आवस्यक हुन सक्छ। भर्खरै जन्मेको बच्चामा हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा नियोनेटल कन्जङ्टिभाइटिस भनिन्छ। यस्तो रोगको पनि विशेष उपचार गरिनु आवस्यक हुन सक्छ।