"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण [[भाइरस]]को सङ्क्रमण भएपछि लगत्तै हुने [[ब्याक्टेरिया]]को सङ्क्रमण हुनेगरेको पाइन्छ।<ref name=Az2013/> यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा [[रुगा]]का लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्।<ref name=NIH2015/> फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ।<ref name=Az2013/> कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।<ref name=NIH2015/>
 
आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ।<ref name=NIH2015/> भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन। त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्।<ref name=Az2013/> यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ।<ref name=NIH2015/><ref name=Az2013/> कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।