कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: '''आँखा पाक्ने रोग'''लाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई...) |
कुनै सम्पादन सारांश छैन |
||
'''आँखा पाक्ने रोग'''लाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ। यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।
== सन्दर्भ सामग्रीहरू==
<references />
{{Commonscat|Conjunctivitis|आँखा पाक्ने रोग}}
[[श्रेणी:रोगहरू]]
[[श्रेणी:विकी स्वास्थ्य परियोजना अन्तर्गत बनाइएका लेखहरू]]
|