"चार्वाक दर्शन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
बार्हस्पत्य अर्थशास्त्रमा स्पष्ट लेखिएको छ– सर्वथा लौकायतिकमेव शास्त्रमर्थसाधन काले । बृहस्पति सूत्र ।।२.५।। अर्थ साधनका लागि एक मात्र शास्त्र लोकायत शास्त्र हो । यसबाट बृहस्पतिको समयमा यो शास्त्रको रुपमा प्रतिष्ठित थियो भन्ने स्पष्ट हुन्छ । तर बृहस्पति सूत्र लेख्ने बृहस्पति कुन हुन् ? उनको समय कुन हो ? यो स्पष्ट गर्न सकिंदैन । कसै कसैले लोकायत दर्शनका प्रतिपादक आंगिरस बृहस्पति हुन् भन्ने तर्क गर्छन् । अहिले यो शास्त्र रुपमा वा ग्रन्थ रुपमा उपलब्ध पनि छैन । बृहस्पति सूत्र नै छिन्न भिन्न अवस्थामा छ । यसका दुइ दर्जन सूत्रहरु कौटिलीय अर्थशास्त्रमा पाइन्छन् ।<ref>बृहस्पति अर्थसूत्र, सन् १९२६, अनुवादक एफ डब्लु थोमस, लाहौर ः लाहौरा बुक डिपो । </ref>
<br />
कौटिल्यले केही फरक मत राखेका छन् । कौटिल्यका[[कौटिल्य]]का अनुसार– सांख्य, योगो लोकायतं चेत्वान्वीक्षिकी ।<ref>कौटिलीय अर्थशास्त्र, वि.सं.२०३१, अनु. केशव प्रसाद अर्याल सं. पं. सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । </ref> अर्थात् सांख्य, योग, र लोकायत यी तीनवटा दर्शन हुन् । आन्वीक्षिकी शास्त्र हुन् । यी तीनवटा दर्शनको अध्ययन गरे पछि वेदमा भएका धर्म– अधर्म, वार्ता शास्त्रमा भएका अर्थ– अनर्थ र दण्ड नीतिमा भएका सुशासन– दुःशासन बुझ्न सकिन्छ । त्रयी आदि विद्याहरुको प्रधानता– अप्रधानता अर्थात् बलाबललाई भिन्न भिन्न युक्तिहरुले निर्धारित गर्दै यी तीन दर्शनले लोक कल्याणको बाटो प्रशस्त गर्छन् । सुखदुखबाट बुद्धिलाई स्थिर गराउंछन् । फलस्वरुप विचार गर्ने, विश्लेषण गर्ने, बोल्ने र काम गर्ने शक्ति प्राप्त हुन जान्छ ।
{{हिन्दू दर्शनहरू}}