"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
[[पोखरा]] उपत्यकाको, पोखरा नगरको पुर्वपट्टी रहेको [[लेखनाथ नगर]] कास्की जिल्लामा पर्दछ सात तालको शहर भनिने लेखनाथमा [[बेगनास]],[[रूपा]],[[मैदी]],[[दिपाङ]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ। हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन । लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नं. ०६१ हो ।
 
 
== इतिहास ==
 
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका । यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ । कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर २०५३ साल माघ १८ गते घोषणा भएको हो । वि.सं. ०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरूङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख हुनुभयो । राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो ।
 
 
== भौगोलिक स्थिति ==
 
 
नगरपालिकाको क्षेत्रफल ७८ दशमलव ९३ वर्ग किलोमिटर छ । यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन् । लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ । काठमाडौँबाट १९० कि.मि. पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ नगरपालिका पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल एवं नदी निर्मित भू-भागको समिश्रणस्थल हो । तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहर यस नगरपालिकाका वेगनास, रूपा, मैदी, दिपाङ्ग, खास्टे, न्यूरेनी र गुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन् ।
 
 
== जनसंख्या ==
 
 
नगरपालिकाका १५ वटा वडामा दशहजार घर धुरी रहेको र ५० हजार जनसंख्या छ । बुढीबजार, अर्घौंचोक, विजयपुर, तालचोक, भण्डारढिक, गगनगौंडा, बेगनासताल र खुदीबजार यस नगरपालिकाका मुख्य मुख्य व्यापारिक केन्द्र हुन् । लोपोन्मुख अवस्थामा रहेको जलाहारी, गन्धर्व र कुमाल जाति पनि यस नगरपालिकामा बसोबास गर्दछन् ।
 
 
== पेशा ==
 
जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन् । नगरपालिकाको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन् । नगरपालिका भएपनि बहुसंख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो । आर्थिकरूपले सकृय कूल जनसंख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन् । नगरपालिकाको ५३०३ दशमलव ७५ हेक्टरमा खेती गरिन्छ । झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुंगो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाईन्छ ।
 
 
 
[[category:नेपालका शहरहरू]]