"पाताल भुमेश्वर महादेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

(→‎=महत्त्व: Fixed typo, Fixed grammar, Added links)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । जुन गुफाको अन्तिमम बिन्दुमा दुधको धारा रहेको जन विस्वस रहेको छ ।[[बैतडी जिल्ला|बैतडी]] स्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी रहेको छ । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो । आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको पत्रकार सम्मेलनमा बताइयो । यस अघि तनहुँको बन्दिपुर स्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो । दुसेनको अध्ययन टोलीले पाताल भुवनेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताइएको छ । संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पाताल भुवनेश्वरको अध्ययन सुरु गर्नुभएको हो । पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा यही चैत २९ गते गुफाको प्रचार/प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पताल भुवनेश्वर गुफा महोत्सव २०७० को समेत आयोजना गरिएको थियो । महोत्सवमा गुफा अवलोकनको व्यवस्थाका साथै स्थानीय खानाका स्टल र स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको जनाइएको छ । सो महोत्सव गर्नुअघि विशेषज्ञको टोलीले गुफाको थप अध्ययन गरेको हो । पाताल भुवनेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास रहेको छ । महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ । त्यस क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । बैतडीको बासुलिङ्ग र भुवनेश्वर गाविसको बीचमा रहेको सामुदायिक वन क्षेत्रमा रहेको यो गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । [[कैलाली जिल्ला|धनगढी]]–[[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] राजमार्ग हुँदै बैतडीको सिउडेसम्म पुग्न झन्डै २०० किलोमिटरको दूरी पार गर्नुपर्छ भने सिउडेबाट ३० मिनेटको उकालो चढेपछि यो गुफामा पुग्न सकिन्छ । पत्रकार सम्मेलनमा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रकाश भट्ट, पत्रकार दीर्घराज उपाध्याय, मायाप्रकाश भट्ट, दिनेशराज भण्डारीलगायतले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि पताल भुवनेश्वर गुफा कोसेढुङ्गा सावित हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
<ref वैस्ट नेपाल="">www.eastnepal.com/बैतडीको-पताल-भुवनेश्वर-न/?utm_campaign=shareaholic&utm_medium=facebook&utm_source=socialnetwork</ref>
''==महत्त्व ==''
म त्यस्ता प्रकृति प्रेमीहरूका लागि यो जानकारी गराउन चाहन्छु, जो प्रकृतिका विचित्र स्वरूपहरूको अथवा रहस्यमय वास्तविकता र सत्यताहरूको खोजि गर्नमा रमाएका हुन्छन्, जसलेवीरता, धैर्यता र साहसिक कार्य गरेर सन्तुष्टि लिन खोजिरहेका हुन्छन् । हो, तिनीहरूका लागि यो जानकारी हितकारीहुन सक्दछ ।
बैतडी जिल्लाको हालकोपाटन नगरपालिकामा अवस्थित पातालभूमेश्वरको गुफा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको भए तापनि सबै इच्छुक व्यक्तिले यस विषयमा जानकारी पाउन सकेका छैनन् ।
यस पर्वत श्रृङ्खलामा कस्मीरको अनुभूतिदेखि कन्या कुमारीसम्मको अनुभूतिको मिश्रित आनन्द प्राप्त हुन्छ । लगभग १०० कि.मि. पार गरिसकेपछि बिछट्ट भीरपाखा छिचोल्दै पहाडको धारैधार हुँदै चिसो मौसमको अनुभूति दिलाउने डडेलधुरा बजारमा पुगिन्छ ।
जसले जंगलको प्रभावलाई विचित्र रूपले चित्रण र जीवन्त रूपले प्रभावित गरेको अनुभूति हुन्छ । डडेलधुरा नेपालकै सबैभन्दा बढी जंगल भएको जिल्ला पनि हो । विविधताले भरिएको यस जंगल क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरू पनि प्रचुर मात्रामा पाइन्छन् ।
पातालभूमेश्वर क्षेत्रमा रहेको ताल तस्बिर: राजेन्द्र तारकिणी
यो जंगल प्राचीन कालदेखि नै यहाँ अवस्थित भएकाले प्राचीनताको दिव्य झलक बुझ्न खोज्नेहरूका लागि झनै यो गन्तव्य उत्तम हुनसक्छ । यहाँबाट उत्तर पश्चिम हुँदै बैतडी जिल्ला भेट्टाउँदा प्रकृतिको काखमा रहेको पाटन नगरीमा पुगिन्छ ।
पिपलको वृक्षमुनि शितलता लिन बसेका बटुवा हुन् वा खेतबारीमा भोक मेटाउन पसेका सुगा लगायतका चराका बथानहरूनै किन नहुन्, जब बटुवाको निन्द्रा भंग गर्दै पाटनको आकाशमा उडेका तिनका बथान देखिन्छन् तब लाग्दछ, यस नगरीमा कोही असन्तुष्ट छैन ।
यस क्षेत्रमा रहेका अधिकांश बाँझका रूखहरू युगौं पुराना देखिन्छन् र ती वृक्षका जराहरूले बोकेको माटोको रंग पनि विचित्रको देखिन्छ । कतै दुधकुण्ड सुकेर बनेको सेतो चाँदीको जालोजस्तो त कतै अग्नीकुण्ड निभेर बनेको अंगारजस्तो कालो, कतै महासंग्रामपछिको रगत जमेको जस्तो रातो अथवा फलामको खिया जमेको जस्तो त कतै फुस्रो र उडेको खरानीजस्तो अनि कतै भने हरिया मसिना दुवोहरू कसैले मिलाएर बाग बगैंचा बनाए जस्तो पनि देखिन्छ ।
एउटै सानो भूमिमा देखिने विचित्र रंग बोकेको धर्तीको माटोले बर्षौंदेखि सम्हालेर राखेका वृक्ष र ती वृक्षबाट छुट्टिएर रहेका बुट्यानहरूले विचित्र प्रकारले कुँदिएका ठूला ढुंगाहरूमा स्वयंलाई अड्याएर मौसम परिवर्तनसंगै आफूलाई पनि परिवर्तन गरिरहेका हुन्छन् ।
तस्बिर: राजेन्द्र तारकिणी
वृद्ध बाँझहरूको वृक्षभूमिको काखमा फैलिरहेको ऋतुहरूमा रंग फेर्ने रंगीन लालिगुँरासका रूखहरूको वैंसावस्था तथा सल्ला र धुपीहरूसितको अल्लारे संगतले त्यस प्रकृतिलाई अलौकिक बनाएको आभाष हुन्छ । ऋतु परिवर्तनको चक्र घुमिरहँदा यस प्रकृतिको आँचलमा अनेकौं रंगहरू प्रस्तुत भइरहन्छन् । हिउँदको महिना आकाश खुला रहन्छ र चिसो पवनको वेग सामान्य रहिरन्छ ।
वसन्तऋतुसंगै लालीगुराँसले प्रकृति रंगिन बनाई दिन्छ भने बर्षातको समय यँहा कुहिरो लागि रहेको हुन्छ । कुहिरोको स्वरूप सेतो पर्दाको झिल्लीभित्र कुनै गहिरो रहस्य लुकिरहेको जस्तो भान हुन्छ ।
वसन्तमा रंगिएको प्रकृति बर्षात्मा कुहिरोभित्र हराएर जब शिशिरमा हावाको लहरले उदांगिन थाल्छ तब प्रकृतिको काखमा बस्ने चराचुरङ्गी र जीवजनावरहरू पनि यौनिक आनन्द लिन यस प्रकृतिमा उपस्थित भइरहन्छन् । मृग लगायतका जीव जनावरहरूको क्रिडास्थल र चराहरूको वासस्थानलाई वृक्षहरूको विविधतामा लुकाएको यस प्रकृतिले आफूलाई चारैतिरबाट पहाडहरूका बलिया अवशेषहरूले जोगाएर राखेको छ । किनकि यस पातालभूमेश्वर क्षेत्रभित्र प्रवेश गर्ने मार्ग दक्षिण पश्चिमको एउटा मात्र क्षेत्रबाट सरल छ । बाँकी चारैतिर फलामजस्ता बलिया ढुंगाहरूको प्राकृतिक वजन जडित पर्खाल खडा छ ।
पतालभुमेश्वर गुफा तस्बिर: राजेन्द्र तारकिणी
हुनत कठिन यात्र गर्नेहरूका लागि यस चट्टानले राम्रो चुनौतिको अवसर पनि सृजना गरिदिन्छ । उनीहरूका लागि साहस, वीरता र सफलता देखाउने उचित स्थान पनि हुनसक्छ । त्यसैले कसैका लागि यो साहासिक आनन्द बटुल्ने अवसर पनि हो भने अर्कोतर्फ भूक्षय र अन्य पहिरो, भूचाल आदिजस्ता प्राकृतिक प्रकोपले यस प्राकृतिक पर्खाललाई टसको मस गर्न सक्दैनन् । उत्तर पूर्वमा सुर्नया नदीको किनारबाट उठेको यस विशाल कडा चट्टानरूपी पहाडको विचको ससानो भूभागमा मान्छेहरूको बसोबास पनि छ ।
तस्बिर: राजेन्द्र तारकिणी
परम्परागत जीवनशैलीलाई जीवित राखिरहने यहाँका वासिन्दाहरू परम्परादेखि चल्दै आएकोधार्मिक मान्यतालाई पनि जीवित राखिरहन्छन् ।सुर्नयाबाट उकालिँदै पाटन हुँदै सदरमुकाम बैतडी जाने सडकले यही पातालभूमेश्वरको परिक्रमा गर्र्दै उकालिँदै गएकोजस्तो आभाष हुन्छ । त्यहीँ माथि ठाँड गाउँ यो सडक पातालभूमेश्वरको सबैभन्दा नजिक पर्दछ र त्यहीँबाट पैदल यात्रा सुरु हुन्छ ।
जतिजति उकालिँदै गयो त्यतित्यति अनुपम प्राकृतिक सौन्दर्यताको अनुभुतिले मन प्रफुल्लित हुँदै जान्छ । बर्षौंदेखिप्रकृतिमा कोरिएर खिइँदै बनेका थरिथरिका ढुंगाका आकृतिहरू छिचोल्दैै आकासिएको पातालभूमेश्वरको प्रकृति जतिभित्र गयो त्यतित्यति संसारबाट टाढिएको अनुभूति हुन्छ । त्यहाँ भएका हरेक जीव, निर्जीव चिजवस्तुहरू देखेर मन यी सबथोक सत्यताका प्रतीक हुन् कि भन्ने भावनाले आकर्षित हुन थाल्दछ ।
करिव ४५ मिनटको यात्रा पुरा गरेपछि भञ्ज्याङ छिचोल्दै मैदानी भाग देखिन्छ र जसको मध्य भागमा एउटा बाटुलो आकारको प्राकृतिक मनोरमताको आभाष दिलाउने पानीले भरिएको सुन्दर सरोवर अवस्थित देखिन्छ । त्यही सरोवरको शिरानीबाट चिहाउँदा लालीगुराँसका रूखहरूले घेरिएको पाटापाटा परेको भूस्थललाई एकोहोरो कुनै गहिराई नियाली रहेकोजस्तो आभाष हुन्छ ।
तस्बिर: राजेन्द्र तारकिणी
त्यही निरन्तरतामा लठ्ठिएर गएका नजरहरूले कडा चट्टानको छिद्रमा अद्भुत मुर्तिहरू कोरिएका र तिनका छिद्रहरूबाट रस तप्किरहेकोजस्तो दृष्य देखाइ दिन्छन् । अलिकति उचालिएको मैदानी भागमा भिन्नभिन्न आकृति र प्रकृतिमा बनेका साना ठूला चौरहरू र उस्तै आकृति र प्रकृतिको सरोवरले सजिएको यो एकान्त शान्त स्थलमा आनन्द लिन आउने द्वार छुट्टै श्रङ्ृगारेर बनाए जस्तो लाग्ने ठूला दुई गुफाको द्वारमा पातालभूमेश्वरको सौन्दर्यको रस टप्किरहेको हुन्छ ।
सुन्दर, शान्त सरोवरको दक्षिणतर्फ जोडिएर एउटा मन्दिर बनाइएको छ र त्यसै मन्दिरको ठीक तल नागवेली ओरालो उत्रिँदै जाँदा गुफाको द्वारमा पुगिन्छ । अलिकति निहुरेर सजिलै भित्र प्रवेश गर्न सकिने यस गुफाको द्वारमा देखिने कडा चट्टानहरूको आकृति र अवस्थितिले अलौकिक प्राचीनतालाई झल्काई रहन्छ । बाटुलो परेर अलिअलि ओरालो हुँदै बाँयातर्फ मोडिएको यसको मोहडा लगभग १५ मिटर पछि केही उकालिँदै जान्छ ।
कालिँदै गएको साँघुरो द्वारमा प्रवेश गर्न अलि कठिन भएता पनि असम्भव भने छैन र उक्त उकालो पार गरिसके पछि गुफा तेर्छो हुँदै अगाडि बढ्छ र त्यहाँबाट यस गुफाको आकारमा पनि व्यापकता देखिन्छ । फराकिलो हुँदै ओरालो लागेको यस गुफाले चिसो र रसिलो अनुभूति दिँदै आफूलाई उत्तर पूर्वतर्फ मोड्दछ ।
यस मार्गमा यस गुफालाई अरू विभिन्न दिशाबाट आएका सहायक गुफाहरूले भेट्टाइ रहेका हुन्छन् र ती गुफाहरू यसमा मिल्नका लागि कोही आकाश दिशाबाट झरेर आएकाजस्ता देखिन्छन् भने कोही पाताल दिशाबाट उकालिएर आएका जस्ता देखिन्छन् । यस स्थानसम्म आइपुग्दा गुफाको उचाई पनि लगभग ४—५ मिटर भन्दा माथि रहेको जस्तो देखिन्छ भने क्षेत्रफल पनि लगभग ४० वर्ग मिटर जति हुन पुग्दछ ।पुग्दछ।
तस्बिर: राजेन्द्र तारकिणी
गुफा कडा चट्टानहरूको मिश्रणले बनेको छ र तपतप निरन्तर चुहिएर बगिरहने रसको वहावले चिस्याइ रहेको पनि हुन्छ । ठूलो र खुला आकारको भित्तामा अनि च्यातिएझैं आकासिएको छतमा अनेकौं कलात्मक मुर्ति कुँदिएकाजस्ता देखिन्छन् र त्यसभित्र कुँदिएका ढुङ्गाका अनेकौं. आकृतिहरूले तेत्तिसकोटी देवीदेवताको मुर्ति स्थापित भएका हुन् कि भन्ने आभाष गराइ रहन्छ ।
करिव ओरालो २० मिटरसम्म अगाडि बढेपछि गुफाको मार्ग उत्तर पश्चिम भएर मोडिन्छ र लगत्तै एउटा कडा चट्टानले बनेको ठूलो चौर देखा पर्दछ । जसको लम्बाई लगभग १० मी. र चौडाई पनि त्यही अनुपातमा भएकोले यो अण्डाकारको रूपमा रहेको देखिन्छ । यसको उचाई कम्तीमा पनि १४ मीटरमन्दा माथि हुनु पर्दछ । चारै दिशाबाट कोरिएर बनेका कुलेसोजस्ता जलाधारहरूले गुफाको माथिल्लो भागमा समेत जल संचय गरिरहेको जस्तो लाग्छ ।
यस चहुरको भित्ताको माथिल्लो भागमा असङ्ख्य चमेराहरू टाँसिएर बसेका हुन्छन् र ती उँडेर भाग्न खोज्दा निस्कने ध्वनीले कठोर भय सृजना गरिदिन्छ । यसै चहुरको दक्षिण पश्चिमतर्फ एउटा तलाउ पनि रहेको छ र जसको क्षेत्रफल लगभग १६ वर्ग मिटरसम्म हुन सक्छ । यस तलाउको गहिराइ कति छ भन्ने यकिन छैन तर यसमा ढुंगा फाल्दा निस्कने आवाजले यो तलाउ गहिरो हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
यो तलाउ पार गरिसके पछि पनि गुफा निरन्तर अगाडि बढ्छ तर यसको अन्त्य कहाँ छ हालसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । यस गुफामा मिल्न आउने अन्य सहायक गुफाहरूको सुरुवात कहाँबाट भएको हो त्यो पनि जान्न सकिएको छैन । चिल्लो फलामजस्तो कडा चट्टानले बनेको यो गुफा नागबेली हुँदै अगाडि बढेको छ भन्ने अनुमान गरिएको छ तर अन्त्यको कुनै अनुमान छैन, ठेगान छैन । मानौं यसभित्र कुनै छुट्टै संसारको रचना भएको हो कि भन्ने आभाष मात्र भइरहन्छभइरहन्छ। तलाउ पार गरिसके पछि के आउँछ र यो गुफा कहाँ पुगेर टुंगिन्छ, यो खोज अनुसन्धानको मुख्य विषय बनेको छ । हुन त यस रहस्यलाई भेट्टाउन यहाँका स्थानीय साहसी युवा तथा सन्यासी योगी महन्तहरूले पनि प्रयास नगरेका होइनन् तर तिनीहरूले पनि यसको सत्यता जान्न सकेनन्
गुफा भित्रको दृष्य तस्बिर: घनश्याम सागर पन्त
तलाउ पार गरिसके पछि के आउँछ र यो गुफा कहाँ पुगेर टुंगिन्छ, यो खोज अनुसन्धानको मुख्य विषय बनेको छ । हुन त यस रहस्यलाई भेट्टाउन यहाँका स्थानीय साहसी युवा तथा सन्यासी योगी महन्तहरूले पनि प्रयास नगरेका होइनन् तर तिनीहरूले पनि यसको सत्यता जान्न सकेनन् ।
टर्च लाइटलगायत अन्य खाद्य सामाग्रीको पूर्ण व्यवस्था गरेर गएका एक सन्यासी त्यहीँको भुलभुलैयामा हराएका पनि थिए र जसको १५ दिनपछि उनी जीवित बाहिर निस्कन त सफल भए तर यस गुफाको रहस्यलाई झन् रहस्यमय बनाएर आए । कैयौं यस्ता जोगी सन्यासीहरू यसभित्र गएका कोही जीवित आएका र कोही त्यहीँ हराएका अनेकौं कथा र किंवदन्ती सुनिन्छन् ।
किम्बदन्ती अनुसार भष्मासुरबाट बच्न महादेव यसै गुफामा आएर लुकेका थिए रे ! यो पृथ्वी र पाताल लोक जोड्ने मार्ग हो रे, राक्षसहरू यही मार्ग भएर पातालबाट धर्तीमा आउने जाने गर्दथे रे आदिआदि । यस विषयमा जानकारी राख्ने बुढापाकाहरू यस गुफामा हराएको चिजवस्तु सुर्नया नदीको दक्षिण पश्चिमतर्फको एउटा दहमा पुग्दछ भनेर पनि भन्दछन् । जव कि सुर्नया नदीको त्यो दह यस गुफाबाट सीधै नाप्दा पनि लगभग १८ कि.मि. भन्दा बढी टाढा पर्दछ तर गुफाको लम्बाई त्यो भन्दा अवश्य बढी नै हुन्छ किनकि यो गुफा नागबेली परेर गएको अनुमान गरिन्छ ।गरिन्छ।
गुफा भित्रको दृष्य तस्बिर: घनश्याम सागर पन्त
यस गुफाको पानी सुर्नया नदीको १८ कि.मी. टाढा दक्षिण पश्चिममा रहेको दहमा निस्कने हो भने यो गुफा विश्वकै सबैभन्दा ठूलो गुफा रहेको ठहरिनेछ । तर रहस्यनै नखुलेको यस गुफाको एउटै अन्त्य होला भन्न पनि सकिन्न किनकि यसमा सुरुवातबाटै अनेकौं साना ठूला गुफाहरू जोडिँदै छुट्टिदै गएका देखिन्छन् ।
बैतडी जिल्लाका तत्कालीन सभापति परमानन्द भट्टको सक्रियतामा २०५७ सालतिर यस क्षेत्रको संरक्षण गर्ने अभियान संचालन भएको थियो र सोही समयमा यहाँको भौतिक संरचनाको संरक्षण गर्ने, पर्यटकहरूलाई हिँड्नका लागि सिँढी र ग्राविल बाटो निर्माण गर्ने, तलाउ र मन्दिरको संरक्षण गर्ने जस्ता कार्यहरूको सुरुवात भएको थियो, जस अन्तर्गत गुफाभित्र पनि लगभग ४० वटा विजुलीका बल्वहरू जडान गर्ने साहसिक कार्य पनि भएको थियो ।
८९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/546026" बाट अनुप्रेषित