"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
==राजनैतिक जीवन==
रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनैतिक जीवनको शुरुवात भयो । उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]], [[गणेशमान सिंह]], सुवर्ण शम्सेर राणा, [[पुष्पलाल श्रेष्ठ]] र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो । यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनैतिक क्षेत्रमा प्रवेश गरे । उनी बि.सं. २०३७ मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई [[नेपाली काँग्रेस]]को सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए । बिसं २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]को निजी चिकित्सकको रूपमा काम गरे ।
[[चित्र:With_father.jpg अनिता यादव संग राष्ट्रपति राम बरण यादव ]]
 
[[चित्र:With_father.jpg |thumb|right|अनिता यादव संग राष्ट्रपति राम बरण यादव ]]
 
रामवरण यादव बिसं २०४७ साल अघि भएका प्रजातान्त्रिक [[आन्दोलन]]मा सक्रिय रूपमा लागि परिरहे । त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बिसं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको [[प्रतिनिधि सभा]]को चुनावमा उनी [[धनुषा जिल्ला]]को क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए । उनी बिसं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए । उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले । [[रामवरण यादव|रामवरण]] यादवले [[नेपाली काँग्रेस]] पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए । राष्ट्रपति हुनु पूर्व उनी [[नेपाली काँग्रेस]] पार्टीका महासचिव थिए ।
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित