"रविकृत रामायण" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
New
(कुनै भिन्नता छैन)

०५:२१, १८ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

बालकाण्ड

।।रिटक।। न संझेर पो तो, राम संझेछ छ तो ।
रामको लिनु नाम अरु छैन काम ।
पृथ्वीलाई भारी के जन्मला पापी ।
जय हरे राम जय हरे राम जय गोविन्द गोपाल ।
चारै दिनको जिन्दगी बित्दा दौडेर आउंछ काल ।।
भारी भयो र्पथवीलाई रावणका पापले ।
रुन गइन् विष्णु संग दुखीका स्वभावले ।।१।।
दया भयो दशरथजीका कोखीमा जन्मूंला ।
जन्म लिनिन् जनकदेखि सीताजी भनूंला ।।२।।
सीता मेरी सुन्दरीको रुप बनी जाल ।
आफैं आउला इन्द्रजित राउन्नको काल ।।३।।
दशरथलाई पुत्र नहुंदा गुरु वशिष्ठले ।
हुमेर अग्नि गर्भवती रानी खीरका भोगले ।।४।।
।।नसंझेर०।।
कैकेयीलाई पुत्र जन्मे भरत भन्ने नाम ।
सुमित्रालाई लक्ष्मण चतुर कौशल्यालाई राम ।।५।।
जब परशयो पृथ्वीमा नारायणको पाउ ।
मनुष्यलाई दर्शन दिन जन्मे चुतर्बाहु ।।६।।
नाम कर्म ब्रतबन्ध वशिष्ठले गरे ।
शास्त्रहरु सब पढेर सकी धुनर्धारी भए ।।७।।
हातमा धनू कांधमा ठोक्रो नारिमा लिए कैंडा ।
घोरेल मृग तित्रा मारे एउटो मारे गैंडा ।।८।।
।।नसंझेर०।।
विश्वामित्र लिन आए जनकपुरमा जाने ।
ताडकादि राक्षस मारी सुबाहुलाई हाने ।।९।।
गौतम ऋषिकी अहिल्या पत्नी इन्द्रले गरे भोग ।
गौतमजीले सराप दिए हजार योनिको रोग ।।१०।।
अहिल्या तिमी अविचारिनी म बिनु तिम्रो रहर ।
आफ्नू अर्काको विचार नगर्ने भइगए तिमी पत्थर ।।११।।
जुन दिन होला रामको औतार स्वर्गमा जान जाती ।
गौतमजीले हुकूम भयो रामले दिए लाती ।।१२।।
।।नसंझेर०।।