"चार्वाक दर्शन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''चार्वाक दर्शन'''एउटा भौतिकवादी नास्तिक [[दर्शन]] हो ।
==परिचय==
चार्वाकको अर्थ हुन्छ मिठो बोली– चारु (सुन्दर) र वाक् (बोली) यी दुइ शब्द मिलेर चार्वाक बनेको छ । पछि कुनै कारणले यस शब्दको नकारात्मक प्रयोग हुन थाल्यो । अनि पछि यसको अर्थ हुन थाल्यो– यस्ता व्यक्ति जसले मिठा मिठा कुरा गरेर समुदायलाई झुक्याउंछन् । मानिसहरुलाई बराल्छन् । यस्तो काम गर्नेहरुलाई चार्वाक अनुयायी भन्न थालिएको हुन सक्छ । चार्वाक मतका लागि बृहस्पति अर्थसूत्र, कौटिलीय अर्थशास्त्र र बौद्ध पिटकहरुमा लोकायत शब्दको प्रयोग भएको छ । यसको अर्थ हुन्छ, यस लोकको सुन्दरतामा विश्वास गर्ने दर्शन । जसले स्वर्ग, नर्क र मोक्ष जस्ता कुरामा विश्वास गर्दैन । लोकमा आयत अर्थात् लोकले सुन्न मन पराउने कुरा लोकायत । प्रचलनमा भएको लोकाचार पार्ने नेपाली उखानको पनि यस शास्त्रसंग केही सम्बन्ध छ कि? यो एक खोजीको विषय हुन सक्छ ।
गीतामा समेत अप्रत्यक्ष रुपमा यस दर्शनबारे संकेत गरिएको छ ।<ref>ज्ञवाली, बाबु राम, वि.सं.२०७२, जीवनको दोस्रो पाना (श्रीमद्भगवद्गीता दोस्रो अधयायको विश्लेषणात्मक अध्ययन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, पृ.१२ </ref> प्रचलनमा भएको लोकाचार पार्ने नेपाली उखानको पनि यस शास्त्रसंग केही सम्बन्ध छ कि? यो एक खोजीको विषय हुन सक्छ ।
 
==लोकायत शास्त्र==
आधुनिक समयमा जुन दर्शनलाई [[भौतिकवादी]] दृष्टिकोण भनिन्छ, त्यस दृष्टिकोणलाई पूर्वीय दर्शनकारहरुले लोकायत शास्त्र भनेका छन् । त्यस बेला भौतिकवाद प्रतिष्ठित भइसकेको थिएन । अन्य कुनै पनि वाद प्रतिष्ठित थिएन । प्राचीन समयमा केवल वैदिक र वेदबाह्य दुइ थरी विचार थिए । सर्वदर्शनसंग्रह पछि लोकायतको नाम चार्वाक बढी प्रसिद्ध हुन गयो र वर्तमान जीवनलाई मात्र प्रमुख मान्ने विचारलाई पछि चार्वाक दर्शन भन्न थालियो । वेदबाह्य छ वटा दर्शनमध्ये एक हो चार्वाक र अन्य पांचवटा हुन्– माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत । यी दर्शनहरुले आत्माको अनवश्वरतालाई अप्रमाणित विषय मान्दछन् । [[आदि शंकराचार्य|शंकराचार्य]]को समयमा पनि चार्वाक मतावलम्बीहरुको सम्प्रदाय थियो भन्ने कुरा बुझिन्छ । आजभन्दा बारह शय वर्ष अघि आदिगुरु शंकराचार्यले चार्वाक, सौगत, क्षपणक, जैन, बौद्ध, कुक्कुरसेवक, विष्वक्सेन उपासक तथा कामदेवता मतावलम्बीहरु संग शास्त्रार्थ गरेको कुरा उनका जीवनीकारहरुले उल्लेख गरेका छन् ।