"चार्वाक दर्शन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
यस दर्शनले वैभाषिक जस्तै प्रत्यक्ष प्रमाणबाहेक अन्य कुनै पनि तर्कलाई अस्वीकार गर्छ । जुन कुरा प्रत्यक्ष इन्द्रियले जानिन्छ त्यो मात्र सत्य हुन्छ । यस अनुसार अनुमान विधि ज्ञानका लागि प्रमाण हुन सक्दैन किनभने यसबाट केवल सम्भावना उत्पन्न गर्न सकिन्छ । अनुमान भनेको प्रत्यक्ष ज्ञानलाई भूतकाल वा भविष्यकालमा गरिएको विस्तार मात्र हो । यस्तो विस्तार असम्भव र निरर्थक हुन्छ ।
==चार्वाक मतका केही भनाईहरु<ref>सर्वदर्शनसंग्रह </ref>==
चार्वाक मतमा भनिएका केही प्रचलित भनाईहरु यस प्रकार छन्–

यदि यज्ञमा बलि चढाइएको पशु स्वर्ग जान्छ भने यजमानले आफ्ना बाबु आमालाई किन मार्दैन ? यज्ञमा जुन पशुबलि हुन्छ यसले यज्ञलाई धर्म होइन अधर्म सिद्ध गर्छ ।

चार्वाकको विचारमा सुख दुख सबै यसै संसारमा भोगिने कुरा हुन् । दुख छ भनेर यस संसारको सुख छोडेर कल्पित सुख र स्वर्गको खोजी गर्ने मूर्ख हुन् । यस दर्शनले प्रश्न गरेकोछ– माछामा कांडा छन् भनेर माछा खांदै नखाने ? गाईवस्तुले खेती खाइदिन्छ भनेर खेती गर्नै छोडिदिने ? जब यस संसार बाहेक अन्यत्र स्वर्ग नर्क छैन भने धर्मको फल भन्नु फजुल कुरा हो ।

चार्वाक मतमा केवल चार तत्त्व प्रमुख छन्– पृथ्वी, जल, तेज, र वायु । यी चार तत्त्व स्थूल हुन्छन् । आकाश तत्त्वलाई चार्वाक मतले अस्वीकार गर्छ । किनभने त्यसलाई देखाउन सकिंदैन । बौद्ध दर्शन जस्तो यसले अरु सबैलाई शून्य मान्छ । चार महाभूत किन र कसरी उत्पत्ति हुन्छन् ? यिनीहरुको उत्पत्तिको कारण के हो भन्ने कुरा यस दर्शनमा स्पष्ट गरिएको छैन ।

यस दर्शन अनुसार आत्मा भन्ने वस्तुको अस्तित्व छैन । चेतना शरीरको गुण हो । यो शरीर नै आत्मा हो । यसलाई सिद्ध गर्ने तीन तरीकाहरु चार्वाक मतमा छन्– तर्क, अनुभव र आयुर्वेद प्रमाण ।

तर्कका आधारमा यस दर्शनले के मान्दछ भने शरीर रहुञ्जेल आत्मा हुन्छ । त्यस पछि सबै समाप्त हुन्छ । केही पनि हुंदैन । आफैंले प्रत्यक्ष बताउने अनुभव के छ भने म दुर्बल छु, म गोरो छु इत्यादि ।

यी सबै शरीरका अनुभव हुन् । यो पनि एक प्रकारको स्थूल जानकारी हो । स्थूलता, दुर्बलता आदि शरीरका धर्म हुन् । म भनेको त्यही शरीर हो । तेस्रो प्रमाणलाई आयुर्वेद प्रमाण भन्न सकिन्छ । यो रासायनिक प्रक्रियाको सिद्धान्त हो । मिश्रण वा यौगिक निर्माण हुने सिद्धान्त । जसरी गुंड, चामल, र महुआको संयोगले स्वतः मदिरा तैयार हुन्छ अथवा पान, चूना, कत्था र सुपारी मिसाउंदा आफैं रातो रंग उत्पन्न हुन्छ । त्यसै गरी भूमि, जल, तेज र वायु यी चार कुराको संयोगले शरीरमा चेतना आफैं उत्पन्न हुन्छ । यसलाई आयुर्वेद प्रमाण भनिन्छ । तर यस सिद्धान्तले के स्पष्ट गर्दैन भने यी तत्त्वहरुलाई विशिष्ट मात्रामा नै मिश्रण गर्नु पर्ने कारण के हो ? यसबारे यो दर्शन मौन छ ।

चार्वाक मतमा राजा भनेको यस लोकको स्वामी हो । उसको नियम सबैले मान्नु पर्छ । त्यसैले प्रत्यक्ष ईश्वर भनेको त्यही राजा हो । किनभने उसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ ।
Line ३१ ⟶ ३४:

चार्वाक दर्शनमा शरीरभन्दा पृथक जीवको अस्तित्व हुंदैन । शरीर विनाश हुंदा जब दाहसंस्कार गरिन्छ, त्यो जीव भन्ने वस्तु पनि नष्ट हुन जान्छ । धर्म, अधर्म, पाप पुण्य सबै समाप्त हुन्छन् ।

बार्हस्पत्य अर्थशास्त्रमा स्पष्ट लेखिएको छ– सर्वथा लौकायतिकमेव शास्त्रमर्थसाधन काले । बृहस्पति सूत्र ।।२.५।। अर्थ साधनका लागि एक मात्र शास्त्र लोकायत शास्त्र हो । यसबाट बृहस्पतिको समयमा यो शास्त्रको रुपमा प्रतिष्ठित थियो भन्ने स्पष्ट हुन्छ । तर बृहस्पति सूत्र लेख्ने बृहस्पति कुन हुन् ? उनको समय कुन हो ? यो स्पष्ट गर्न सकिंदैन । कसै कसैले लोकायत दर्शनका प्रतिपादक आंगिरस बृहस्पति हुन् भन्ने तर्क गर्छन् । अहिले यो शास्त्र रुपमा वा ग्रन्थ रुपमा उपलब्ध पनि छैन । बृहस्पति सूत्र नै छिन्न भिन्न अवस्थामा छ । यसका दुइ दर्जन सूत्रहरु कौटिलीय अर्थशास्त्रमा पाइन्छन् ।<ref>बृहस्पति अर्थसूत्र, सन् १९२६, अनुवादक एफ डब्लु थोमस, लाहौर ः लाहौरा बुक डिपो । </ref>