"नेपालमा आर्थिक चिन्तनको इतिहास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
==[[नेपाली अर्थव्यवस्था]]को सर्वेक्षण==
नेपाली अर्थव्यवस्थाको प्रारम्भिक सर्वेक्षण अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको समयमा भएको हो । जसको प्रारम्भ नेपालविद् प्रो. टोनी हागेनले गरेका थिए । उनले नेपाली अर्थव्यवस्थाका महत्त्वपूर्ण प्राकृतिक र मानवीय स्रोतहरूको सर्वेक्षण मात्र गरेनन्, ती स्रोतको संभाव्यता समेत अध्ययन गरी प्रधानमन्त्री [[बी पी कोइराला]] (वि.सं.२०१६) को समयमा आफ्नो अनुसन्धानलाई नेपाल भन्ने पुस्तकमा प्रस्तुत गरे ।
==[[अर्थशास्त्रमा प्रकाशनहरूको सूची|अर्थशास्त्रमा प्रकाशनको सूची]]==
नेपालमा आर्थिक चिन्तनको इतिहासलाई विभिन्न प्रकाशनहरुबाट जान्न सकिन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा अनेक आर्थिक अवधारणाहरु पाइन्छन् । ललितत्रिपुरसुन्दरीको नामबाट प्रकाशित राजधर्म अर्को एक यस्तो प्रकाशन हो जसमा राजनीति र अर्थशास्त्र विषयक अवधारणाहरु छन् । तर यो पुस्तक महाभारत राजधर्मानुशासनको अनुवाद हो ।
नेपालको इतिहासका पुस्तकहरुमा पनि आर्थिक अवस्थाहरुको चित्रण उपलब्ध छ । यसमा बालचन्द्र शर्माको नेपालको इतिहास, ढुण्डीराजको नेपालको आलोचनात्मक इतिहास, सिलभां लेभीको नेपाल तीन खण्ड इत्यादि पुस्तकहरु छन् ।
त्रिभसवन विश्वविद्यालयको स्थापना पछि अर्थशास्त्र विषयक अध्ययन, अध्यापन र अनुसन्धानको परम्परा सुरु भएको छ ।
 
 
{{अर्थशास्त्र}}