"आर्थिक विचारको इतिहास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
[[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]], [[शुक्रनीति]], [[मनुस्मृति]] र [[नारद स्मृति|नारदस्मृति]]को विषय वस्तुसंग मिल्दो जुल्दो ग्रन्थ हो राजनीतिरत्नाकर । यसमा १६ अध्याय अथवा तरंगहरु छन् ।
राजनीतिरत्नाकर ग्रन्थमा चण्डेश्वरले अर्थशास्त्र विषयको परम्परामा अमरसिंह, कात्यायन, कामन्दक, कुल्लुक भट्ट, कौटिल्य, नारद, मनु, [[याज्ञवल्क्य |याज्ञवल्क्य]], लक्ष्मीधर, वशिष्ठ, विष्णु, बृहस्पति, व्यास, शुक्र, श्रीकर, र हारीत १६ जना विद्वान तथा तीनवटा ग्रन्थ भागवत, रामायण, र महाभारतको नाम उल्लेख गरेका छन् । यस ग्रन्थमा कौटिलीय अर्थशास्त्रमा उल्लेख नभएका तीन जना विद्वानहरुको नाम पाइन्छ– कुल्लुक भट्ट, श्रीकर, र लक्ष्मीधर ।<ref>ज्ञवाली, बाबु राम,(२०१२) कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन, रुपन्देही नेपाल 978-9937-2-7362-6 p.12</ref>
==[[नेपालमा आर्थिक चिन्तनको इतिहास]]==
किरांत कालमा नेपालको ऊनी वस्त्र देश विदेशमा निकै प्रसिद्ध भएको कुरा कौटिलीय अर्थशास्त्रको विवरणले थाहा हुन्छ ।<ref>ज्ञवाली, बाबु राम, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन, पृ.१७०</ref> मल्लकालिक नेपालको सम्पन्नता इतिहास प्रसिद्ध छ । यसले त्यस समयमा आर्थिक चिन्तनले राजकीय मान्यता पाएको थियो भन्ने तथ्य प्राप्त हुन्छ ।
पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक ।<ref>( महत, राम शरण, वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. १ ।</ref> पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो ।<ref>राम शरण महत, वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. ९</ref> कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे ।<ref>( चितरंजन नेपाली, वि.सं. २०५८, वर्तमान नेपालको निर्माणमा श्री ५ पृथ्वीनारायण शाह, पृथ्वी जयन्ती २०५८, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>