"बिसु पर्व" का संशोधनहरू बिचको अन्तर

सा बिशु पर्व मनाउने जिल्लाका नाम थप गरेकाे ।
टाइपो ठीक गरियो, व्याकरण ठीक बनाइयो, लिङ्क थप भयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''बिसु पर्व''' विषेश गरि [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिम]]का सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा अछाम, डाेटी, डडेल्धुरा, बभागबझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व [[बैशाख]] एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा [[देउडा]] खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु [[बाघ]] बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै [[अछाम जिल्ला|अछाम]], [[बाजुरा जिल्ला|बाजुरा]] लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ। [[हिन्दू धर्म|हिन्दू]] सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै [[चैते दसैँ|चैते दशैं]]समेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन्।<ref>[http://annapurnapost.com/en/news/social/6260/%25E0%25A4%25A8%25E0%25A4%25AF%25E0%25A4%25BE%25E0%25A4%2581-%25E0%25A4%25B5%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25B7%25E0%25A4%25AE%25E0%25A4%25BE-%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A6%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%25B5%25E0%25A4%25B0%25E0%25A4%2595%25E0%25A5%258B-%25E0%25A4%25B8%25E0%25A4%25BF%25E0%25A4%25B8%25E0%25A5%258D%25E0%25A4%25A8%25E0%25A5%2581%25E0%25A4%25AA%25E0%25A4%25BE%25E0%25A4%25A8%25E0%25A5%2580-%25E0%25A4%25AD%25E0%25A4%25BE%25E0%25A4%2589%25E0%25A4%259C%25E0%25A5%2582%25E0%25A4%25B2%25E0%25A4%25BE%25E0%25A4%2588.htm नयाँ वर्षमा नन्ददेवरको सिस्नुपानी भाउजूलाई] शिवराज खत्री </ref>
 
==विभिन्न स्थानमा विशुपर्व==
विशुपर्वलाई प्राय हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्यक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत [[भारत]]को कतिपय ठाउँहरूमा यो पर्वलाई '''वैसाखी''' अथवा '''बैशाखी'''को नामले चिनिन्छ । बैशाखीको दिनमा [[गंगा नदी|गंगा]] स्नानको ठुलो महत्व छ । भारतको [[हरिद्वार]]मा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गंगास्नान गर्नको लागि आउने गर्दछन् । बिशुपर्वलाई कतिपय ठाउँमा विशुसक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिशु पुज्ने दिन पनि भनिन्छ । भारतको [[आसाम]] राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् । नयाँवर्षको उपलक्षमा प्रत्यक ठाउँमा विशु पर्वको राती [[गल्लौडी]]को जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।
"https://ne.wikipedia.org/wiki/बिसु_पर्व" बाट अनुप्रेषित