"भर्तृहरि" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भर्तृहरि'''एक संस्कृत रचनाकार तथा क वि हुन । उनी [[उज्जैन]] (वर्तमान भारतको मध्यप्रदेशमा) राज्यका राजा थिए । उनले [[वाक्यपदिय]] तथा [[शतकत्रय]]को रचना गरेका थिए । उनले धर्मपूर्वक प्रजाको पालन गरेका थिए। उनको शासनमा प्रजा पनि ज्यादै सुखी थिए । तर कुनै कारणले उनमा ठूला वैराग्य उत्पन्न भयो । विभिन्न किम्बदन्तिहरूमा उनले उनकी रानी [[पिङ्गला]]को कारणले गर्दा राजकाज त्यागेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको उल्लेख गरेको पाइन्छ । यस घटनालाई कवि शिरोमणि [[लेखनाथ पौड्याल]]ले भर्तृहरि निर्वेद नाटकमा सो कुरा उल्लेख गरेका छन् ।
==कथाहरुमा भर्तृहरि==
राजा [[विक्रमादित्य]]का दाजु भर्तृहरिको जीवनसंग जोडिएको घटना प्रेम र संन्यासको उत्कृष्ट कथाहरु मध्येको एक हो । अमरफलको एक कथामा राजाले रानीसंग, रानीले सेनापतिसंग, सेनापतिले गणिकासंग गणिकाले राजासंग प्रेम गरेका गोलचक्करलाई कथात्मक रुपमा बताइएको छ । कुनै कथामा पिंगलालाई पतिव्रता बताइएको छ । रानीको प्रेम जांच गर्न भर्तृहरिले शिकार खेल्दा मृत्यु भएको मृत्युको झुटो खबर दरबार पठाएको, यो खबर सुन्नासाथ पिंगलाले प्राण त्याग गरेको र यस दुखद घटनाबाट विरक्त भएर राजाले संन्यास लिएको अर्को कथा पनि प्रचलित छ । यस बाहेकका केही अन्य फरक कथाहरु पनि छन् तर प्रत्येक कथा रोचक छ । <ref>https://en.wikipedia.org/Bhartrihari/</ref><br />
भर्तृहरि उज्जैनका राजा थिए । यिनले कुनै विशेष कारणले संन्यास ग्रहण गरेका थिए । [[भविष्य पुराण]] र [[बैताल पच्चीसी]] कथा अनुसार भर्तृहरि रानी पिंगलासंग ज्यादै प्रेम गर्दथे । तर रानी पिंगलाले अन्य कसैसंग प्रेम गर्थिन । उनको जीवनको बारे त्यति ठोस प्रमाण छैन तै पनि यस श्लोक द्वारा केही ज्ञात हुन्छ
<br />
"https://ne.wikipedia.org/wiki/भर्तृहरि" बाट अनुप्रेषित