"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 123.136.112.86 (talk) identified as vandalism to last revision by Dskoich. (TW)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।
 
किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् । [[अमरकोष]] लगाएतका धर्मग्रन्थहरूमा किरातहरूलाई “म्लेच्छ” मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ ।
कुनै स्पष्ट प्रमाण नभएका कारण किरातहरूको ऐतिहासिकताका बारेमा यकिन भन्न सक्ने अवस्था छैन । एकथरी विद्धानहरू गोपालराज वंशावली, भाषावंशावलीहरू, पुराण एवं महाभारतमा उल्लेख भएको आधारमा मात्र सीमित भएर किरातहरूको बारेमा स्पष्ट एवं ठोकुवा गर्न नमिल्ने धारणा राख्छन् । यो समुहका विद्धानहरू यस कुराको पुष्टि गर्ने कुनै पनि पुरातात्विक स्रोतहरू प्राप्त नभएको र साहित्यिक सन्दर्भहरू कपोलकल्पित हुन सक्ने धारणा राख्दै किरात युग ऐतिहासिक युग नभई पौराणिक युग हो भनि मान्दछन् ।
 
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित