"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८२:
 
'''कर्णाली नदी'''(भारतमा घाघरा नदी पनि भनिन्छ) [[तिब्बत]]को समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको [[हिमनदी]] बाट निस्केर [[मान सरोवर ताल]] नजीकै रहेको [[राक्षस ताल|रकोस सरोवर]] (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी [[मुगु जिल्ला]]मा यो "करन खोला" अथवा [[मुगु कर्णाली]]सँग मिसिन्छ। त्यसै करन खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी [[बाजुरा जिल्ला]] र [[हुम्ला जिल्ला]]को सिमाना हँदै [[कालीकोट जिल्ला]]मा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। [[मुगु जिल्ला]]मा रहेको [[राराताल|रारा ताल]]को पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा [[जुम्ला जिल्ला]]बाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी [[दैलेख जिल्ला]] र [[अछाम जिल्ला]]को सिमाना हुदै अगाडी बढ्छ।
==नदीको विस्तार==
 
दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र [[सुर्खेत जिल्ला]]को सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै [[डोटी जिल्ला]]को सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको [[सेती नदी]] (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र [[कैलाली जिल्ला]]को सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको [[भेरी नदी]] मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै [[कर्णाली चिसापानी]] भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले [[बर्दिया जिल्ला]]मा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदी [[भारत]]मा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफु पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई [[कौरियाला घाट]]को नाम दिएको छ भने अर्को शाखालाई भारतमा [[:hi:घागरा नदी|घागरा नदी]]को नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- [[महाकाली नदी]] जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी [[अयोध्या जिल्ला|अयोध्या]]भएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी [[बिहार]]को [[छपरा जिल्ला]]मा गएर [[गंगा नदी]]मा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको [[गंगा सागर]] नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।
 
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित