"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ ।
 
==ज्ञान र सूचना सूचक==
औसत साक्षरताले शिक्षाको सम्बन्धमा देशले कतिको उन्नति गरेको छ भन्ने कुरा व्यक्त गर्छ । देशमा जति धेरै शिक्षित हुन्छन् त्यति नै देशको आर्थिक र सामाजिक विकास गर्न सजिलो हुन्छ । औसत साक्षरता दरमा प्रौढ साक्षरता र स्कूल भर्ना दरलाई समावेश गरिएको हुन्छ तर त्यसमा उच्च शिक्षा तर्पmको उपलब्धीलाई भने समावेश गरिदैन । प्रौढ साक्षरतालाई बढी भार दिइन्छ र विद्यालय भर्ना दरलाई कम भार दिइन्छ । यी मानहरुको पनि अधिकतम र न्यूनतम उपलब्धिको तुलनात्मक मान प्राप्त गरिन्छ । जसलाई साक्षरता सूचक भनिन्छ । यी दुवै उपलब्धिको अधिकतम र न्यूनतम मान क्रमशः १०० र ० मानिएको छ ।
 
==आर्थिक सूचक==
प्रति व्यक्ति आय एउटा महत्वपूर्ण आर्थिक सूचक हो । जसले देशमा मानिसहरुलाई मर्यादित जीवनस्तरमा बा“च्नका लागि आवश्यक पर्ने साधनहरु कत्तिको प्राप्त छन् भन्ने कुराको सूचना प्राप्त हुन्छ । प्राचीन अवधारणामा प्रतिव्यक्ति आय वा राष्ट्रिय आयलाई नै मानवीय विकासको प्रमुख सूचक मानिन्थ्यो । अहिले आयलाई महत्व दिइएको छ । तथापि सम्पूर्ण सूचक मानिएको छैन । प्रति व्यक्ति आयले क्रय शक्तिको ठीक नाप दिन नसक्ने हुंदा सर्वप्रथम त्यसलाई क्रयशक्तिमा रुपान्तर गरिन्छ । त्यसैले यस नापको नाम प्रतिव्यक्ति आय क्रय शक्ति सूचक (पी पी पी) हो ।