"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ ।
माथिको तीनवटै सूचकहरुलाई यसप्रकार उल्लेख गरिएको छ ।
==स्वास्थ्य सूचक==
औसत आयुले अनुमानित रुपमा मानिसको जीवित रहने प्रत्याशा भन्ने बुझाउ“छ । यो मुख्यतः शिशु मृत्युदरमा भर पर्ने हु“दा शिशु मृत्युदर कम हुने देशका मानिसको औसत आयु बढी हुन्छ भने शिशु मृत्युदर बढी हुने देशका मानिसको औसत आयु कम हुन्छ । पोषण र स्वास्थ्य सुविधा धेरै हुने ठाउ“मा शिशु मृत्युदर कम हुने हु“दा औसत आयुले स्वास्थ्यका बारेमा सुचना प्रदान गर्छ ।
स्वास्थ्यको सर्वोत्तम नाप आयु प्रत्याशालाई मानिएको छ कनिभने यसले एकातिर पोषणको कुराालई धयनमा राख्छ भने अर्कातिर शिशु मृत्युदरलाई पनि ध्यान दिएको हुन्छ । आयु प्रत्याशा नाप गर्न सम्पूर्ण जनसंख्याको प्रत्येक उमेर समूहको जनसंख्याको जीवितता अनुपातको जनसांख्यिक इतिहास विश्लेषण गरिन्छ । यस नापमा स्वास्थ्यको जुन नाप प्रयोग गरिन्छ त्यसालई जन्मका समयको आयु प्रत्याशा भनिन्छ । किनभने प्रत्येक उमेर समूहको आयु प्रत्याशा फरक फरक हुन्छ । आयु प्रत्याशाका उच्चतम र न्यूनतम अंकहरुको अन्तरको तुलनात्मक मान निकालेर आयु प्रत्याशा सूचक प्राप्त गरिन्छ ।
आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ ।
 
==ज्ञान र सूचना सूचक==
औसत साक्षरताले शिक्षाको सम्बन्धमा देशले कतिको उन्नति गरेको छ भन्ने कुरा व्यक्त गर्छ । देशमा जति धेरै शिक्षित हुन्छन् त्यति नै देशको आर्थिक र सामाजिक विकास गर्न सजिलो हुन्छ । औसत साक्षरता दरमा प्रौढ साक्षरता र स्कूल भर्ना दरलाई समावेश गरिएको हुन्छ तर त्यसमा उच्च शिक्षा तर्पmको उपलब्धीलाई भने समावेश गरिदैन । प्रौढ साक्षरतालाई बढी भार दिइन्छ र विद्यालय भर्ना दरलाई कम भार दिइन्छ । यी मानहरुको पनि अधिकतम र न्यूनतम उपलब्धिको तुलनात्मक मान प्राप्त गरिन्छ । जसलाई साक्षरता सूचक भनिन्छ । यी दुवै उपलब्धिको अधिकतम र न्यूनतम मान क्रमशः १०० र ० मानिएको छ ।