"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा
==वर्ण विभाजन र श्रम विभाजन==
 
वर्ण विभाजनको आधारलाई आधुनिक [[अर्थशास्त्र]]मा सरल [[श्रम विभाजन]] भनिन्छ । जुन मानिस जुन काममा निरन्तर लागि परेको हुन्छ अर्थशास्त्रमा त्यसलाई पेशागत श्रम विभाजन भनिन्छ । श्रम विभाजन त्यो आर्थिक प्रक्रिया हो जसको उत्पादनमा महत्त्वपूर्ण भूमिका हुन्छ । एक जनाले सबै प्रकारका काम गर्नु भन्दा अलग अलग व्यक्तिले अलग अलग काम गर्दा उत्पादनमा कुशलता उत्पन्न हुन गई उत्पादक, उपभोक्ता, र समाजलाई विभिन्न लाभहरु प्राप्त हुन्छन् भनेर [[एडम स्मिथ]]ले आफ्नो पुस्तक वेल्थ अफ् नेशन्समा सविस्तार उल्लेख गरेका छन् । आचार्य [[शुक्रनीति|शुक्र]]ले भनेका छन्– जन्मको आधारमा कोही ब्राह्मण वा शूद्र हदैन, ऊ आफ्नोे कर्मको कारणले ब्राह्मण वा शूद्र हुन्छ । तर आफूलाई निर्धारण गरिएको वर्णाश्रम अनुसार काम नगर्ने राजाद्वारा दण्डनीय हुन्छ ।<ref>{{cite book|last1=उमेशपुरी ज्ञानेश्वर|title=शुक्रनीति|date=२०००|publisher=रणधीर प्रकाशन|location=हरिद्वार|page=४.४.३}}</ref>त्यस बेला विभिन्न वर्णका मानिसहरूलाई एक अर्काको कार्य गर्न प्रतिबन्ध भने थिएन । उदाहरणका लागि सेनाको कार्य मुख्यतः क्षत्रियहरूका लागि मात्र निर्धारण गरिएको भए तापनि कौटिलीय अर्थशास्त्रमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रका सैन्य टुकडीहरूको उल्लेख गरिएको छ ।<ref>{{cite book|last1=अर्याल,|first1=केशवराज, अनु., सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र|date=वि.सं.२०२४|publisher=नेराप्रप्र|location=काठमाडौ|page=९.१.१३६}}</ref>
 
==उपसंहार==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/534821" बाट अनुप्रेषित