"अर्थ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
== अमरकोश र नेपाली वृृहत शब्द कोशमा अर्थ शब्दका प्रयोगपर्याय==
संस्कृत भाषाको कोश, [[अमरकोश]]मा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि लाई अर्थ शब्दको पर्यायवाची भनिएको छ ।<ref>{{cite book|last1=अमरसिंह|title=अमरकोश|publisher=यशोदा पुस्तकालय|location=वाराणसी|page=द्वितीय काण्ड, पंक्ति १८८६–८७}}</ref> यसमध्ये १० वटा नपुंसकलिंगी छन्, अन्तिम तीनवटा पुल्लिंगी छन् । अमरकोशको नामार्थ वर्गमा स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोद्रभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु ।
स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्रस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।
नेपाली वृहत् शब्दकोशमा अर्थ शब्दका पर्यायहरू यस प्रकार उल्लेख गरिएको छ– अभिप्राय, आशय, अभिधा, लक्षणा, व्यञ्जना, निमित्त, काम, चार पुरुषार्थमध्ये एक, धन, सम्पत्ति, विनिमयको माध्यम, सुन र चादी । <ref>{{cite book|last1=नेराप्रप्र|title=नेपाली वृहत् शब्दकोश|date=वि.सं.२०४१|publisher=नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान|location=काठमाडौ}}</ref>
 
==चार पुरुषार्थ==
चार [[पुरुषार्थ]]लाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ ।
"https://ne.wikipedia.org/wiki/अर्थ" बाट अनुप्रेषित