"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

 
===यूरोपेली भाषामा अनुवाद===
सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्षित भएको हो । [[म्याक्स मुलर]]म्याक्समुलर<ref>https://en.wikipedia.org/wiki/Max_M%C3%BCller</ref> रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए । भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बंगालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए । संभवतः शेलिंग उनै साहित्यकार थिए ।
म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे । उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरुलाई अंग्रेजीमा अनुवाद गरेका थिए । म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए । सन् १८७९ मा म्याक्स मुलरले युरोपेली पाठकका लागि कठ उपनिषदको पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । तर यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बंगाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।
<br />
त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो ।
<br />
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
 
===१०८ उपनिषद्===
उपनिषदहरुको संख्या १२८० बताइए पनि अधिकांश उपनिषद् अहिले प्राप्त छैनन् । पं. श्रीराम शर्मा आचार्यले यसबाट १०८ उपनिषद संकलन गरी उचित सम्पादन तथा हिन्दी भाषाको बोधगम्भय अनुवाद सहित प्रकाशन गरेर सर्वसाधारणका लागि सुलभ गराउन स्तुत्य कार्य गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजना, मथुराले गरेको छ ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/532259" बाट अनुप्रेषित