"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
 
==उपनिषदको अनुवाद==
===प्रा।म्भिकप्रारम्भिक अनुवाद===
अरबी दार्शनिक [[अल–बिरुनी]]ले ११ औं शताब्दीमा हिन्दुहरुका धर्म ग्रन्थ अध्ययन गरेको प्रमाण पाइन्छ । किनभने उनले हिन्दु दार्शनिक ग्रन्थ गीतोपनिषदको मुक्त कण्ठले प्रशंसा गरेका छन् । शाहजहांको जेठो छोरा दाराशिकोहले काश्मीरका पण्डितहरुको मद्दतले सन् १६४४ देखि सन् १६५० को अवधिमा ५० वटा उपनिषदको फारसी भाषामा अनुवाद गराएका थिए । संभवतः यो नै पहिलो अनुवाद थियो । सन् १५५६ मा अकबरले पनि केही उपनिषदको अनुवाद गराएका थिए तर पनि सन् १७७५ सम्म कुनै पनि यूरोपियन विद्वानले उपनिषदहरुतिर ध्यान दिएको पाईंदैन ।
अयोध्याको नवाब सुजाउद्दौलाको राजसभाका पर्सियन रेजीडेन्ट एम गेन्टिलले सन् १७५५ मा प्रसिद्ध फ्रेञ्च दार्शनिक र विश्व यात्रु एन्क्वेटिल डुपेर्रिनलाई दाराशिकोहद्वारा गराइएको उपनिषदको पर्सियन अनुवाद उपलब्ध गराए । एन्क्वेटिलले सन् १७५५ देखि १७६१ सात वर्ष पान्डिचेरी, वाराणसी, अयोध्या आदि विभिन्न स्थानमा हिन्दु दर्शनको अध्ययनका लागि भ्रमण गरेका थिए । भनिन्छ एन्क्वेटिलले एक अर्को प्रति पनि कतैबाट भेटाएका थिए । अनि उनले पहिलो पटक युरोपियन भाषाहरु अर्थात् ल्याटिन र फ्रेन्चमा अनुवाद गरेर प्रकाशित गरे । तथापि सन् १८०१–२ मा ल्याटिन अनुवाद औपनिखत OPNIKHAT नामले प्रकाशित भयो तर फ्रेन्च अनुवाद बजारमा आउन सकेन । यसरी यो युरोपका विचारकहरुको जानकारीमा आयो तर अनुवादको पनि अनुवाद भएकोले ज्यादै दुर्बोध्य थियो जसलाई धेरैले बुझन सकेनन् । जर्मन दार्शनिक शोपेन हावरले परिश्रमपूर्वक त्यस उपनिषदको अध्ययन गरे । त्यसलाई पढेर उनी ज्यादै प्रभावित भए । यो कठ उपनिषद थियो । उनले आफ्ना लेखहरुमा भनेका छन्- उपनिषदका ऋषिहरुले गरे जति उच्च, पवित्र र गम्भीर चिन्तन विश्वमा अरु कसैले गर्न सक्दैन । उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
<br />
 
===यूरोपेली भाषामा अनुवाद===
सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्षित भएको हो । [[म्याक्स मुलर]] रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए । भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बंगालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए । संभवतः शेलिंग उनै साहित्यकार थिए ।
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित