"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा
उप–नी–षद् को अर्थ हुन्छ [[गुरु]]को चरण नजीक आसनमा बस्नु । उपनिषदहरुलाई [[श्रुति]] पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले [[वेदान्त]] पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई [[आरण्यक]] पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई [[रहस्यविद्या]] पनि भनिन्छ । उपनिषदहरु [[हिन्दु]] र [[बौद्ध]] अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref><ref>सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासंघ, रुपन्देही, वि.सं. २०६३ ।</ref>
[[सुफि]] दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो [[बृहदारण्यक]] उपनिषद्, सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद् सबैभन्दा, सबैभन्दा सानो [[माण्डूक्य उपनिषद्]] हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।
 
==महावाक्य==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/531981" बाट अनुप्रेषित