"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
==सामान्य नियम==
 
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरू बताइएको भए तापनि केही नियमहरू सबैले समानरुपले पालना गर्नु पर्ने व्यवस्था थियो । यी नौ वटा नियमहरू यस प्रकार छन्– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसग घात नगर्नु, धनको उपभोग गर्दा बाडफाड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरूको पालन गर्नु । यसमा दशौ कर्म पनि थपिएको छ तर त्यो केवल विद्वान र मुमुक्षुहरूका लागि अनिवार्य छ, त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागिरहनु ।<ref>अक्रोधः सत्यवचनं संविभागः क्षमा तथा । प्रजनःस्वेषु दारेषु, शौचमद्रोह एव च ।। आर्जवं भृत्यभरणं नवैते सार्ववर्णिकाः । ब्राह्मणस्य तु यो धर्मस्तं ते वक्त्राणि केवलम् ।। दममेव महाराज धर्ममहाहुः पुरातनम् । स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते ।। महाभारत, ६०.७–९।</ref> यी सामान्य कर्तव्यहरूलाई बाइबिलमा टेन् कमान्डमेन्ट्स [[Ten Commandments]] <ref>https://en.wikipedia.org/wiki/Ten_Commandments</ref>भनिएको छ । यसको अर्थ के भने सामान्य मानवधर्म सबभन्दा महत्त्वपूर्ण कर्तव्य हो र त्यस पछि मात्र वर्णानुसारको कर्तव्य पर्दछ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=७५–७७}}</ref>महाभारतमा यस सामान्य नियमलाई धर्म भनिएको छ ।
 
==वर्ण विभाजन र श्रम विभाजन==