"चाणक्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पुरानो कौटल्य शिर्षकवाट पाठ सार्दा छुटेका केहि जानकारीहरू थपियो
पङ्क्ति २०:
| footnotes =
}}
'''चाणक्य''' वा '''कौटिल्य''' (वा [[कौटल्य]]) (लगभग ई पू ३७०–२८३)<ref name="SKAgarwal2008">{{cite book | author=S. K. Agarwal | title=Towards Improving Governance | url=http://books.google.com/books?id=1nIkFqh_TmEC&pg=PA17 | accessdate=2012-06-06 | date=1 September 2008 | publisher=Academic Foundation | isbn=978-81-7188-666-1 | page=17 }}</ref> तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट [[चन्द्रगुप्त मौर्य]]का सल्लाहकार थिए। उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी [[राजनीति]] र [[कूटनीति]] का साक्षात् मूर्तिज्ञाता थिए। उनकोउनले [[अर्थशास्त्र]] , [[राजनीति]], [[अर्थनीति]], [[कृषि]], [[ समाजनीति]] आदिकोआदिका महान ग्रन्थग्रन्थहरू छ।रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। चाणक्य राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनको नाममा एक टेलिश्रृङ्खला<ref>निर्माता निर्देशक, चन्द्र प्रकाश, द्विवेदी, चाणक्य १–४७, हिन्दी धारावाहिक, सन् २००६ । </ref>पनि बनेको थियो।
 
== राजाको निर्माता ==
चाणक्यले [[तक्षशिला]] [[विश्वविद्यालय]]मा [[वेद]]हरूको गहन अध्ययन गरे। दुनियाँका सबै भन्दा पुराना विश्वविद्यालय, तक्षशिला र [[नालंदा|नालन्दा]] भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष ईसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । [[पाणिनी]]ले [[संस्कृत व्याकरण]]को रचना यहीं गरेका थिए। चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे। [[यूनानी]] मान्छेको तक्षशिलामा लडाई गरेका कारणले त्यहाँ एक राजनैतिक उथल-पुथल मच्चियो र चाणक्यलाई मगधमा आएर बस्नु पर्‍यो। उनलाई नि:सन्देह एक राजाको निर्माताको रूपमा अधिक मानिन्छ। चंद्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे। शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य संधै आफ्नो शत्रुहरू माथि हावी रहे। उनले तीन पुस्तकहरूको रचना गरे- ‘अर्थशास्त्र‘, ‘[[नीतिशास्त्र]]' तथा ‘[[चाणक्य नीति]]’<ref> आचार्य, तुलसीराम (अनु.), चाणक्य नीति दर्पण, वाराणसी ः दुर्गा साहित्य भण्डार </ref> ।
 
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग (वर्तमान तमिलनाडु) सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरुले यस राज्यलाई निरन्तरता दिन सकेनन् । उनीहरू विभाजित भए पछि यो विशाल साम्राज्य पनि विभाजित भयो । यो विशाल साम्राज्य ३२१ वि.पू. मा स्थापना भएको थियो । लगातार तीन पुस्ता १८० वि.पू.सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो ।
 
चन्द्रगुप्तको बलियो साम्राज्य र सैनिक शक्तिले विश्वविजय गर्न निस्केको एलेक्जेन्डरको शक्तिशाली सेनाको प्रभाव नियन्त्रण गरी राज्य विस्तार रोक्न सफल भएको थियो । एलेक्जेन्डरको उत्तराधिकारी सेल्युकसलाई चन्द्रगुप्तले पराजित नगरेको भए भारतीय महाद्वीपको वर्तमान सांस्कृतिक स्वरुप आजको जस्तो हु“दैनथ्यो भन्ने इतिहासकारहरूको भनाई रहेको छ । तीव्र वैदेशिक आक्रमणहरूलाई सजिलै परास्त गर्नुमा उसको सुदृढ राज्यव्यवस्था नै थियो भन्ने कुरामा सबै इतिहासकारहरू एक मत छन् । भारत विजय गर्न नसकेका सेल्युकसले एलेक्जेन्डरका दूतको रुपमा मेगास्थनीजलाई चन्द्रगुप्त मौर्यको दरबार पाटलीपुत्र (वर्तमान पटना) मा राखेको थिए । मेगास्थनीजका वृत्तान्तहरूमा चन्द्रगुप्तका राज्यको वर्णन पाइन्छ । यसका अतिरिक्त एरियन र कोर्टियस जस्ता विद्वान्हरूले पनि प्राचीन प्रजातान्त्रिक व्यवस्थाहरूको वर्णन गरेका छन् ।<ref>बोशे, रोजर, (सन् २०००), द फस्र्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र, न्यूयोर्क ः लेक्सिंगटन बुक्स ।</ref> मङ्गोलियाको सम्राट चङ्गेज खा“ले मंगोलियन संस्कृतिलाई यूरोपको संस्कृतिस“ग जोड्न योगदान गरेका थिए भने चन्द्रगुप्तले गंगाजमुनाका मैदानको वैदिक सभ्यतालाई सिन्धुघाटीको सभ्यतास“ग जोडेर विशेष सामाजिक सांस्कृतिक योगदान गरेका छन् । यसरी गान्धारसम्म फैलिएको ग्रीक साम्राज्यस“ग सम्बन्ध राख्ने पहिलो कूटनीतिज्ञ कौटल्य थिए ।
[[चित्र:Chandragupta_Empire_320_BC.png|right|thumb|300px|चन्द्रगुप्त मौर्यको साम्राज्य (३२३ ईसापूर्व)]]
 
== कौटिलीय अर्थशास्त्र==
उनले तीन पुस्तकहरूको रचना गरे- ‘अर्थशास्त्र‘, ‘[[नीतिशास्त्र]]' तथा ‘[[चाणक्य नीति]]’<ref> आचार्य, तुलसीराम (अनु.), चाणक्य नीति दर्पण, वाराणसी ः दुर्गा साहित्य भण्डार </ref> । अर्थशास्त्र ग्रन्थका रचयितालाई [[कौटल्य]] कौटिल्य, विष्णुगुप्त, [[चाणक्य]] आदि विभिन्न नामले उल्लेख गरिएको पाइन्छ । तर स्वयं रचनाकारले आफ्नो नाम विष्णुगुप्त बताएका छन् । आचार्यको जीवनीकारहरूका अनुसार, नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्तले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा संगठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्–
 
येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः ।
Line ३५ ⟶ ४०:
 
स्वयमेवविष्णुगुप्तश्चकार सूत्रं च भाष्यं च ।।
 
 
(जसले असह्य भएर शस्त्र, शास्त्र, र नन्दको हातमा परेको भूमि (राज्य व्यवस्था) उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा विभिन्न शास्त्रहरुका मतभेदहरु अध्ययन गरेर यो शास्त्र रचना गरिएको हो ।)<ref>कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । लगातार तीन पुस्ता (३००–१८० वि.पू.) सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन ।
यद्यपि अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि केही विद्वानहरुले यसको प्राचीनतामा शंका गर्दै कौटिल्य तथा अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पा“चौ“ शताब्दीमा रचना गरेको बताउ“छन् । तर के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमत्र्य सेन, सोमनाथ शर्मा, नयराज पन्त आदि विचारकहरूले प्रमाणपूर्वक के भनेका छन् भने कौटिल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूका तर्कहरू महत्त्वहीन छन् । त्यसैले आधुनिक समयमा विद्वान्हरुले कौटिल्यको ऐतिहासिकता असंदिग्ध मान्दछन् । <ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही|isbn=978-9937-2-7362-6|pages=१–३}}</ref>
 
===ग्रन्थको पुनरुद्धार एवं अनुवाद===
दक्षिण भारतको एक ब्राह्मणले वि.सं. १९५९ मा भट्टस्वामीका टीका सहितको एक हस्तलिखित ग्रन्थ मैसूर राज्यको ओरिएन्टल लाइब्रेरीका अध्यक्ष श्याम शास्त्रीलाई बुझाएको थियो । जसले मैसूरका राजा बोडियारको सहयोगले यसको शुद्धता साथ सम्पादन, अंग्रेजी अनुवाद र प्रकाशन गरे । यस पछि गणपतिशास्त्री, काङ्ले, गैरोला, रङ्गराजनले पुनः सम्पादन, अनुवाद र विश्लेषण गरे । वि.सं. १९८० र १९८६ मा दोस्रो र तेस्रो संस्करण पनि प्रकाशित भयो । महामहोपाध्याय टी गणपतशास्त्रीले कौटिलीय अर्थशास्त्रको ग्रन्थ खोजी गरेर वि.सं.१९८१ मा यसको मूल सहित संस्कृतमा विस्तृत व्याख्यासहित प्रकाशित गरे । प्राचीन संस्कृत टीकाहरूमा राजशेखर शास्त्री द्राविडको वैदिक सिद्धान्त संरक्षिणी, शंकरार्यको जयमंगला, योग्घमाचार्यको नीति निर्णिति, माधवयज्वमिश्रको नयचन्द्रिका, प्रभवमतिको चाणक्य टीका, र भट्टस्वामीको प्रतिपाद्पञ्जिका रहेका छन् । वि.सं.२०१६ मा काल्यानोवले रुसी भाषामा यसको अनुवाद गरे । गंगाप्रसाद शास्त्रीले वि.सं. १९९७ मा यसको हिन्दी अनुवाद प्रस्तुत गरे । बंगाली, गुजराती, तमिल, तेलुगु आदि भाषाहरूमा यसका अनुवादहरू प्रकाशित भए । जर्मन, इटालियन र अन्य यूरोपेली भाषामा कौटिलीय अर्थशास्त्रको अनुवाद प्रकाशित भयो । यसरी लगभग दुइ हजार वर्ष अघि रचना गरी बीचमा हराएको एक महŒवपूर्ण ग्रन्थ सार्वजनिक जानकारीमा आयो । यी अनुवादहरूले प्राचीन हिन्दु संस्कृतिमा अर्थशास्त्र, राजनीतिशास्त्र, कूटनीति, युद्धकला, र सैन्य संचालनका क्षेत्रमा गरिएको मौलिक, व्यावहारिक, र वस्तुगत चिन्तनबारे विश्वलाई जानकारी भयो ।
कौटिलीय अर्थशास्त्रको पहिलो पूर्ण नेपाली अनुवाद भने वि.सं. २०२४ सालमा नेप्रप्र (नेराप्रप्र) बाट प्रकाशित भएको हो । यसमा लगभग ९०० पृष्ठ छन् । यसका अनुवादक केशवराज अर्याल र सम्पादक सोमनाथ शर्मा हुन् । यसको प्रशंसा बालकृष्ण समले पनि गरेका छन् ।<ref>कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref> कौटिलीय अर्थशास्त्र १५ खण्डमा विभाजित छ । जसलाई अधिकरण नाम दिइएको छ । अधिकरणहरू अनेक अध्याय र प्रकरणमा विभाजित छन् । यस ग्रन्थको विषय वस्तु संक्षेपमा यस प्रकार छन्:
===''परिचय र विधि''===
कौटिलीय अर्थशास्त्र १५ खण्डमा विभाजित छ । जसलाई अधिकरण नाम दिइएको छ । अधिकरणहरू अनेक अध्याय र प्रकरणमा विभाजित छन् । यस ग्रन्थको विषय वस्तु संक्षेपमा यस प्रकार छ–
===परिचय र विधि===
अधिकरण एक र अधिकरण १५ ग्रन्थको विषय वस्तु परिचय र शोध विधिस“ग सम्बन्धित छ । अधिकरण एकका तीन अध्यायहरूमा ग्रन्थको सम्पूर्ण विषय वस्तुको क्रम तथा आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति विषयको निरुपण गरिएको छ । पन्ध्रौ“ अधिकरणमा अर्थशास्त्रको परिभाषा यस प्रकार गरिएको छ :-
मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
Line ५३ ⟶ ५९:
# अर्थशास्त्रमा भौतिक सम्पत्तिको प्राप्ति र त्यसमा वृद्धि गर्ने उपायहरू व्याख्या गरिन्छ ।
त्यसबेला प्राकृतिक र सामाजिक विज्ञानहरूमा गरिने अनुसन्धान विधिको परिचय यस अधिकरणबाट प्राप्त हुन्छ । सोही क्रममा अर्थशास्त्र ग्रन्थ रचना गर्ने क्रममा प्रयोग गरिएको ३२ युक्तिहरु उदाहरणसहित प्रस्तुत गरिएको छ । जसले यस ग्रन्थलाई शोध ग्रन्थको स्वरुप प्रदान गर्छ ।
 
===''राज्य संयन्त्र र यसको सञ्चालन''===
प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । अधिकरण दुईको सुरुका चारवटा अध्यायमा जनपदहरुको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरुमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । अधिकरण पा“चका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । यो अधिकरण असजिलो समयमा राजकीय प्रशासन र निर्णय दृष्टिले महत्त्पूर्ण छ । अधिकरण छ र आठमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । अधिकरण सात, नौ, १०, ११, १२, १३, र चौधमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रस“गको कूटनैतिक व्यवहारबारे वर्णन छ ।
 
===''[[अर्थनीति|अर्थव्यवस्था]]''===
पहिलो अधिकरणको अध्याय २ र ३, दोस्रो अधिकरणका सबै अध्याय, अधिकरण तीनको अध्याय १० देखि १४, अधिकरण चारको अध्याय १ र २ तथा अधिकरण पा“चको अध्याय २ र ३ को विवरणले के स्पष्ट गर्छ भने राजकीय अर्थव्यवस्था विषयमा प्राचीन कालमा उत्कृष्ट लेखन कार्य उपलब्ध थियो । कृषि, पशुपालन, वाणिज्य, राजकीय वित्त, राजकीय र निजी उद्यम व्यवस्था, आर्थिक प्रशासन इत्यादि अनेक आर्थिक क्षेत्रको विस्तृत र वैज्ञानिक विश्लेषण यी अध्यायहरुमा गरिएको छ ।
अधिकरण दुईमा राज्यका ३६ विभागीय प्रमुखको काम र कर्तव्यको बारेमा उल्लेख छ । यस अधिकरणमा आन्तरिक र वैदेशिक व्यापारका साथै भूमि व्यवस्था, पू“जी लगानी इत्यादिद्वारा राष्ट्रिय आयमा वृद्धि गर्ने विषय उल्लेख छ । कर संकलन गर्ने शौल्किक, कर विभाग प्रमुख तथा करारोपणका नियमको बारेमा सूक्ष्म विवरण दिइएको छ । बढी कोषको आवश्यकता पर्दा लिनु पर्ने राजकीय निर्णयहरुको बारेमा अधिकरण पांचमा बताइएको छ । राजकीय कोष लेखाङ्कनका विधि, फाइलिंग प्रणाली र नियमहरूका बारेमा अक्षपटलाध्यक्ष अध्यायमा विवरण दिइएको छ । अधिकरण तीनमा ज्याला, ब्याज र नाफाका सैद्धान्तिक र कानूनी समाधानहरू प्रस्तुत गरिएको छ । अधिकरण पांचमा राजकीय कर्मचारीहरूको ज्याला निर्धारणका नियमहरू बनाइएको छ ।
 
===''सामाजिक कल्याण र शान्ति सुरक्षा''===
सामाजिक कल्याणका लागि कौटिलीय अर्थशास्त्रमा शान्ति सुरक्षालाई सर्वाधिक महŒवपूर्ण बताइएको छ । अधिकरण तीन, चार र पांचमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तŒवहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । यी दुवै अध्यायमा प्रजाको कल्याणका उपायहरु स्पष्ट शब्दमा व्याख्या गरिएको छ । अधिकरण सातमा परराष्ट्र सम्बन्धमा राज्यले पालन गर्नु पर्ने नियम बताइएको छ । अधिकरण आठमा सबै प्रकारका राजकीय संकट र तिनीहरूलाई नियन्त्रण गर्ने उपाय वर्णित छन् ।
अधिकरण नौ र दसमा युद्ध अभियानको तैयारी र युद्ध संचालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ । अधिकरण ११ मा संघराज्यहरूमा फूट पार्ने तथा आफ्नो केन्द्रीय राज्यमा मिलाउने विधिहरूको प्रतिपादन गरिएको छ । अधिकरण १२ दुर्बल राज्यले बलिया राज्यस“ग गर्नु पर्ने कूटनैतिक व्यवहार र सावधानीको वर्णन छ । अधिकरण १३ मा शत्रुको दुर्ग जितेपछि कब्जा गर्ने र त्यसमा आधिपत्य कायम गर्ने विधिहरूको वर्णन गरिएको छ । अधिकरण १४ मा शत्रु माथि प्रयोग गरिने विष, टुना मुना र मन्त्रहरूको प्रयोग विधि बताइएको छ । जुनसुकै अधिकरण, अध्याय र प्रकरणमा प्रजा कल्याणलाई सर्वाधिक महत्त्व दिइएको छ ।<ref> Babu Ram, Gewali, 2013, Economics of Kautilya, Shukra, and Brihaspati, Gyanjyoti Prakashan, Tupandehi, Nepal.Economicsofkautilyashukraandbrihaspati/pathshala.com</ref><ref>{{cite book|last1=अग्रवाल|first1=कमलेश|title=कौटिल्य अर्थशास्त्र एवं शुक्रनीति की राज्य व्यवस्थाए“|date=सन् १९९७|publisher=राधा पब्लिकेशन्स|location=नई दिल्ली}}</ref><ref>{{cite book|last1=अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे)|date=वि.सं.२०२४|publisher=नेराप्रप्र|location=काठमाडौं}}</ref>
 
===प्रशंसक र आलोचक===
अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि युरोपियन विद्वान्हरूले कौटल्य र अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पा“चौ“ शताब्दीमा रचना गरेको बताउ“छन् । उनीहरूले यसको प्राचीनतामा शंका उठाएका छन् । के.सी. ओझाले एक अर्कै तर्क प्रस्तुत गरेका छन् । उनका अनुसार विष्णुगुप्तले कौटिलीय अर्थशास्त्र ग्रन्थको सम्पादन गरेकोले कौटल्य र विष्णुगुप्त एकै व्यक्ति हुन् भन्ने भ्रम उत्पन्न भएको छ । वास्तवममा कौटल्य र विष्णुगुप्त दुइ फरक व्यक्तिहरू हुन् । तर विभिन्न अनुसन्धानबाट कौटिलीय अर्थशास्त्र एक प्रामाणिक र प्राचीनतम ग्रन्थ हो भन्ने सिद्ध भएको छ । के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमत्र्य सेन आदि विचारकहरूले आलोचकहरूको मत खण्डन गर्दै निश्चयपूर्वक के भनेका छन् भने कौटल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूले अघि सारेका तर्कहरू महŒवहीन छन् । तर उनीहरूले के कुरा स्वीकार गर्दछन् भने शयौ“ वर्षको अन्तरालमा कौटिलीय अर्थशास्त्रको मूल पुस्तकमा पछिका आचार्यहरूले केही सामग्री थपेका हुन सक्छन् । त्यसै गरी मूल ग्रन्थको केही सामग्री लोप भएको हुनसक्छ । कौटिलीय अर्थशास्त्रका अनेक आलोचकहरू पनि छन् । कादम्बरीका रचयिता बाणभट्ट (वि.सं.७५७) ले नृशंस कार्यलाई उचित बताउने कौटिलीय अर्थशास्त्रलाई उत्कृष्ट भन्ने चिन्तकहरूले ग्रन्थको मूल्याङ्कन गर्न नजानेको बताएका छन् ।<ref>जायसवाल, के पी,(सन् १९७८), हिन्दु पोलिटी, बेंगलोर ः द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लिमिटेड ।</ref>
कालिदासका ग्रन्थ, भर्तृहरि नीतिशतक, कामन्दकीय नीतिसार, सुबन्धुको वासवदत्त, विशाखदत्तको मुद्रा राक्षस, विष्णुशर्माको पञ्चतन्त्र, शूद्रकको मृच्छकटिकम्, दण्डीको दशकुमार चरित आदि नाटक र कथाहरूमा कौटिलीय अर्थशास्त्रको प्रशंसा गरिएको छ ।<ref> (विकीपिडिया कौटिल्य )</ref> चीनिया“ यात्रु फाहियानले विष्णुगुप्त चाणक्यको प्रशंसा गर्दै भनेका छन्, चाणक्यले मुराका पुत्रलाई भारतवर्षको सम्राट बनाउन सफल भए ।
 
 
 
===नेपालमा कौटिलीय अर्थशास्त्र===
चाणक्य नीतिको प्रचलन नेपालमा मल्ल कालमा भएका प्रमाणहरु पाइन्छन् । चाणक्य नीतिका प्रशस्त हस्तलिखित प्रतिहरु पुरातत्व विभागमा संरक्षित पनि छन् । उपलब्ध तथ्य अनुसार, आधुनिक समयमा कौटिलीय अर्थशास्त्रको यस अनुपम ग्रन्थको बारेमा नेपालमा वि.सं. २००९ पछि मात्र चर्चा हुन थालेको हो ।<ref>पन्त, नयराज,, कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या भाग १, भाग २, काठमाडौं ः प्रकाशक स्वयं, वि.सं. २००९.६.१७, र वि.सं. २००९.९.२५ । </ref> कौटिलीय अर्थशास्त्रको पहिलो पूर्ण नेपाली अनुवाद वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । यसमा लगभग ९०० पृष्ठ छन् । यसका अनुवादक केशवराज अर्याल र सम्पादक सोमनाथ शर्मा हुन् ।<ref>ञवाली, बाबु राम, (वि.सं.२०७१), वात्र्ता अर्थात् कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, रुपन्देही ः ज्ञानज्योति प्रकाशन ।</ref><ref>{{cite journal|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिलीय अर्थशास्त्र एवं पैतामह तन्त्रको संक्षिप्त|journal=परिचय, मिर्मिरे|date=वि.सं.२०६८|issue=वर्ष ४०, अंक ३}}</ref>
{{wikify}}
 
=='कौटल्य' कि 'कौटिल्य'==
वर्तमान समयमा आचार्य विष्णुगुप्त चाणक्यको नाम कौटिल्य बढी प्रचलित भएको छ ।आप्टेको शब्दकोशमा कौटिल्य शब्दको प्रयोग गरिएको छ र यसको व्युत्पत्ति कुटिल शब्दबाट बताइएको छ ।<ref>आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) उमा प्रसाद पाण्डेय (सम्पा.), संस्कृत–हिन्दी शब्दकोश, नई दिल्ली ः कमल प्रकाशन ।</ref> तर गणपतिशास्त्री, राजेश्वर शास्त्री द्राविड, रंगास्वामी आइयंगर लगायतका विद्वान्हरुले कौटल्य शब्द उचित ठान्छन् । गणपति शास्त्रीका अनुसार मध्यइकार भएको कौटिल्य शब्द अशुद्ध हो र मध्य अकारयुक्त शुद्ध शब्द कौटल्य हो । कामन्दकका अनुसार विष्णुगुप्त नाम, कुटल वंशमा जन्म भएकोले कौटल्य, र चणकको सन्तान भएकाले चाणक्य भनिएको हो । <ref>कौटलीयं अर्थशास्त्रम् (अध्याय द्वयात्मकम्)– सं.राजेश्वर शास्त्री द्राविड, वैदिक सिद्धान्त संरक्षिणी टीकया पत्रिकया च सहितम्, वि.सं. २०३१ ।</ref><ref>कामन्दकीय नीतिसार, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।</ref> के वी रंगास्वामी आइयांगरले पनि गणपतशास्त्रीको मतलाई समर्थन गर्दै के भनेका छन् भने कौटिल्य शब्द नकारात्मक छ र उचित शब्द कौटल्य हो ।<ref>राजधर्म, सन् १९४१,केवीरंगास्वामीआइयांगर, द अड्यार लाइबे्रेरी, अड्यार ।</ref> नयराज पन्तले पनि कौटल्यलाई नै शुद्ध मानेका छन् ।तर कौटिल्यको ग्रन्थलाई भने [[कौटिलीय अर्थशास्त्र ]] वा कौटलीय अर्थशास्त्र दुवै शुद्ध मानिएकोछ ।
 
==उपसंहार==
कौटिल्यबारे उपलब्ध ऐतिहासिक तथ्यले के स्पष्ट हुन्छ भने उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक, तथा माक्र्स जस्तै सामाजिक दर्शनकार पनि हुन् । आचार्य विषणुगुप्त चाणक्य वा कौटल्यको नाम श्रीमदभागवत, विष्णु पुराण, कामन्दक नीतिसार, पञ्चतन्त्र, कादम्बरी, दशकुमार चरित्र आदि कैयौं संस्कृत ग्रन्थहरुमा सम्मान साथ उल्लेख गरिएको छ । केवल संस्कृत साहित्यमा मात्र होइन अपितु बौद्ध र जैन ग्रन्थहरुमा पनि आचार्यको उल्लेख पाइन्छ । प्रँचीन पुस्तकहरुमा जुन रुपमा आचार्य विष्णुगुप्त चाणक्य वा कौटल्यको स्मृति सुरक्षित राखिएको छ । त्यो यस कुराको प्रमाण हो कि आचार्यको राजनीतिक कार्य र विद्वताको स्मृति विगतमा धेरै समयसम्म कायम रहेको थियो । <ref>द कौटिलीय अर्थशास्त्र, भो.३, (सन् २००६), अनु. आर पी काङ्ले, बनारस ः मोतीलाल बनारसी दास ।</ref>उनी तक्षशिला विश्वविद्यालयमा अर्थशास्त्रका प्रमुख आचार्य मात्र होइनन् उनी आर्य संस्कृतिको रक्षा गर्न तथा शस्त्र एवम् शास्त्र दुवैको उद्घार गर्न एक सैनिक र एक सेनापति जस्तै कैयांै पटक जीवन जोखिममा हालेर काम गर्ने एक कार्यकर्ता पनि हुन् । आफूले प्रतिपादन गरेका सिद्घान्तको उनले सफल प्रयोग पनि गरेका थिए त्यसैले कौटिलीय अर्थशास्त्र एक व्यावहारिक विज्ञान एवं संपरीक्षण गरेको शास्त्र पनि हो । <ref>{{cite book|last1=स्मिथ|first1=एल आर|title=अर्थशास्त्र एन्ड हिन्दु इक्विलिब्रियम, इकोनोमिक्स इन अर्थशास्त्र|date=सन् २००६|publisher=दीप एन्ड दीप|location=न्यु देल्ही|page=पृ..६४–११५}}</ref>जसको व्यावहारिक सफलताको ऐतिहासिक प्रमाण चन्द्रगुप्त मौर्यदेखि सम्राट अशोकका सन्तानहरू सम्मको लगभग १५० वर्षको सुदृढ अर्थप्रणाली हो ।
कौटिलीय अर्थशास्त्रको आर्थिक दर्शनका योगदानबारे प्रशंसा गर्दै [[रोजर बोशे]]ले लेखेका छन्– ‘ओक्लाहोमा फांटको एक्लो हिमालय शिखर टक्क उभिए झैं हिन्दु दर्शनको फा“टमा कौटिलीय अर्थशास्त्र एक्लै सगरमाथा झैं सिर ठडाएर उभिएको प्रतीत हुन्छ किनभने यस दर्शनको सामान्य लक्ष्य राजनीति र शक्ति सञ्चय गर्नु होइन, मोक्ष प्राप्त गर्नु हो...।’ <ref>{{cite book|last1=बोशे|first1=रोजर|title=द फस्र्ट ग्रेट पोलिटिकल रियलिस्ट– कौटिल्य एन्ड हिज अर्थशास्त्र|date=सन् २०००|publisher=लेक्सिंगटन बुक्स|location=न्यूयोर्क|page=पृ. १०५}}</ref>
राज्य सञ्चालनका लागि धनका महत्त्वको यस्तो उच्चकोटिको व्याख्या एडम स्मिथभन्दा २००० वर्ष अघि नै गरिसक्नु कौटिलीय अर्थशास्त्रको मौलिक, क्रान्तिकारी र दूरदर्शी विचार भन्न सकिन्छ । रोजर बोशेले यस अवधारणाको प्रशंसा गर्दै के भनेका छन् भने जोन लक र [[एडम स्मिथ]]भन्दा धेरै वर्ष अघि अर्थको महत्त्वलाई यसरी व्यक्त गर्ने कौटिल्य केवल एक जना मात्र विचारक हुन् । यहा स्मरणीय के छ भने पाश्चमहत्त्य अर्थशास्त्रको उद्गम मानिने प्लेटोले धनसम्बन्धी चिन्तनलाई हीन चिन्तन भनेर त्यसलाई कम महत्तव दिएका छन् ।
"https://ne.wikipedia.org/wiki/चाणक्य" बाट अनुप्रेषित