"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

<br />
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ । १०८ उपनिषद्लाई हिन्दीमा अनुवाद गरी जनसमक्ष ल्याउने स्तुत्य प्रयास पं. श्रीराम आचार्यले गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजनाले गरेको छ ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>
===नेपाली अनुवाद===
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले केही वि.सं. २०३० मा नौ प्रमुख उपनिषदहरुको अनुवाद प्रकाशित गरेको छ ।<ref> नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नौ उपनिषद वि.सं. २०३०</ref> यसका अनुवादक माधव प्रसाद देवकोटा हुन् । यस पछि प्रतिष्ठानले छान्दोग्य र बृहदारण्यक उपनिषदको पनि अनुवाद प्रकाशित गरेको छ । समय समयमा विद्वानहरुले विभिन्न उपनिषदहरु अनुवाद र व्याख्या प्रकाशित गरेका छन् । नेपाली विद्वानहरुले पनि उपनिषदहरुमा निकै रुचि राख्नु भएको कुरा यी अनुवादहरुले स्पष्ट गर्दछन् ।
<br />
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/531814" बाट अनुप्रेषित