"ऋग्वेद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४:
 
वेदको विभाजन गरिएको कुरालाई संस्कृत साहित्यमा ज्यादै उच्च स्थान र चर्चित प्रसंग मानिन्छ । यस कुराले पनि वेदको प्राचीनता स्पष्ट हुन्छ । प्रसंग के हो भने सुरुमा वेद एउटा मात्र थियो । ज्यादै विशाल भएका र लाखौं संख्यामा मन्त्रहरु रचना भए । त्यस समयमा लिपिबद्ध गर्ने विधि विकास भएको थिएन । लिपि थिएन । मसी, कलम र भोजपत्रको प्रयोग सुरु भैसकेको थिएन । त्यसैले श्रुति परम्परामा मन्त्रहरु हराउन थाले । मानिसले घोकर राखेका कुराहरु बिर्सनछन् । योग्य शिष्य नभएमा आफुले पाएको ज्ञान मौखिक हस्तान्तरण गर्न सकिंदैन र गुरुसंगै ज्ञान पनि समाप्त हुन जान्छ । यसरी केही सूक्त र केही ऋचा लोप भए । ती मन्त्रहरुसंग प्राचीन अभिलेखका प्रमाण पनि हराए । हजारौं मन्त्र हराइसकेका छन् भन्ने विज्ञहरुको भनाई छ । यो कुरा विभिन्न शास्त्रहरुमा समेत स्पष्ट शब्दमा भनिएको छ । यो सब देखेर ज्ञानको सुरक्षाका लागि चिन्तित महाज्ञानी व्यासले अनेक प्रयास गरे । यस क्रममा उनले ज्ञानलाई सांयोगिक रुपमा सुरुमा तीन समूहमा र पछि चार समूहमा विभाजन गरे । प्रत्येक समूहका मन्त्रहरुलाई अलग शिष्य समूहलाई जिम्मा लगाए । मन्त्रहरु संझन योग्य र विशिष्ट बनाउनका लागि एक थरी मन्त्रलाई लयात्मक, अर्का थरीलाई क्रियात्मक, अर्को थरीलाई संगीतात्मकता र एक थरीलाई मिश्रित बनाएर प्रत्येकको प्रकृति छुट्टयाए । यिनै पछि ऋक्, यजुर्, साम र वेद कहलाइए । एउटा वेदलाई २० वर्षसम्म दोहोर्याउने परम्परा बसाले । यसरी ज्ञान सुरक्षित भयो । मन्त्रहरु केही सुरक्षित भए । ज्ञान पनि सुरक्षित भयो । त्यस अघिका मन्त्रहरु हराएर गए ।
यी सबै कुराको सुरक्षा गर्ने विधि वेदव्यासले चिन्तन गरे । ज्ञानको विभाजन गरी अलग अलग भागको सुरक्षा अलग अलग समूहले गर्ने । यसलाई सुनिश्चित गर्न विभिन्न मन्त्रहरुको विभिन्न प्रयोगलाई प्रचलनमा ल्याइयो । कुनै मन्त्रलाई जप गरेर अनेक आवृत्तिमा जप्ने कुनैलाई हवनमा प्रयोग गर्ने काम भयो । जुन ज्यादै महŒवपूर्ण र प्राचीन थिए तिनीहरुलाई सबैतिर प्रयोगमा ल्याइयो । जप, ध्यान र कर्मकाण्ड सबै ठाउंमा । यसरी मन्त्रहरु सुरक्षित हुन पुगे । आज जे जति मन्त्रहरु उपलब्ध छन्, त्यसको सुरक्षामा यसै विधिले काम गरेको छ । जसको प्रतिपादन व्यासले गरेका हुन् । त्यसैले कृष्णद्वैपायनको नाम वेदव्यास हुन पुग्यो ।<ref>{{cite journal|last1=ज्ञवाली|first1=बाबु राम|title= ज्ञवाली, ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु|journal= मिर्मिरे (सांस्कृतिक विशेषांक), नेपाल राष्ट्र बैंक|date= बैशाख जेठ २०७०|volume= वर्ष ४२अंक १|issue= पूर्णांक ३२०|page= पृ २७२–२७७}}</ref>
 
==ऋषि र ऋषिकाहरु==
"https://ne.wikipedia.org/wiki/ऋग्वेद" बाट अनुप्रेषित